सँग-सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ। हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन्।

आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन्। यो कथा गायक शिव परियारको ‘हल्ला हल्लामै माया’ बोलको गीतको भिडियोमा छ। भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन्।

‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत छ। गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

[embed]https://youtu.be/RynxxRNnrtQ[/embed]