चक्रघट्टि । सुनसरीको बराह नगरपालिकामा रहेको नेपाल तामाङ घेदुङ बराह नगर कमिटिको आयोजनामा सोनाम ल्होसार २८५४ को अवसरमा बुद्ध चोकमा रहेको तामाङ घेदुङको खेल मैदानमा सांस्कृतिक कार्यक्रम गरी सम्पन्न भएको छ ।नेपाल तामाङ घेदुङ बराह नगर अध्यक्ष कुल बहादुर तामाङको सभाध्यक्ष तथा जनजाति महासंघ महेन्द्रनगरका अध्यक्ष चित्र राइको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न गरिएको हो । कार्यक्रममा होरे होरे माया, नाचौन आज डम्फुको तालैमा, डुम्मा र डम्फु बजाउदै लगायतका गितमा नृत्यहरु प्रदर्शन गरीएको थियो । बराह नगरपालिका भरी रहेका तामाङ जातिहरुको भव्य उपस्थित रहेको थियो । उक्त कार्यक्रममा किरात राई यायोख्खा बराह नगर संयोजक सञ्जय राई, सामुदायिक सेवा केन्द्र बराह नगर अध्यक्ष सुर्य राई, नेवा समाज महेन्द्रनगरका अध्यक्ष टिका श्रेष्ठ , नेपाल मगर संघ नगर कमिटि अध्यक्ष भेष राज मगर , ७ नं वडा अध्यक्ष विर वहादुर लिम्बु , समाजसेवी होमनाथ निराला लगायतका व्यक्तिले मन्तव्य दिएका थिए । अहिलेको अबस्थामा आफ्नो भाषा, संस्कार, संस्कृति ,धर्मलाई बिर्सिएको अवस्था छ । भाषा, धर्म, संस्कृति, संस्कारको पहिचान गरेर त्यसलाई प्रवद्धन गर्न जरुरी रहेको , तामाङ घेदुङ बराह नगरले ल्होसारको अवसरमा नगर भरीका तामाङलाई एकिकृत गरेर कार्यक्रम गरी उदाहरणीय काम गरेको छ अन्य जाति समुदायले पनि यसलाई अनुसरण गरी नगर भरीरहेका जातित्वको पहिचान गराउनु पर्ने लगायतका कुराहरु बक्ताहरुले व्यक्त गरेका छन् । राम तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सुमित्रा तामाङले प्रस्तुत गरेकी थिइन ।