तेह्रथुम । चिसोको समयमा जिल्लाका प्रमुख वजारहरुमा कोदोको तोङवा र सुकुटीको व्यापार वढेको छ । चिसो मौषममा तोङवाको साथमा स्वादीलो सुकुटी खा“दा शरिर तातेर जाडोको महशुस नहुने भएकाले यसका उपभोक्ताहरु वढेका हुन । रसिलो कोदोको तोङवा र स्वादीलो सुकुटीका लागी चर्चित लालिुराँस नगरपालिकाको वसन्तपुरका सवै जसो होटलहरुमा तोङवा संग सुकुटी खान आउ“ने आन्तरीक तथा विदेशी ग्राहकहरुको संख्या दुई महिना यता ह्वात्तै वढेको छ । जाडोमा तोङवा खा“दा शरिर तातो भैरहने भुक्तभोगीहरु वताउछन । अन्य स्थानको तुलनामा यहाको तोङवा र सुकुटीको स्वादमा फरकपना भएकाले पनि ग्रँहकहरु वढि आउने गरेको याक होटलका संचालक पेम्वा भोटियाले वताए ।

तोङवाका पारखीहरु यहाँको कोदोको तोङवालाई जाडो भगाउने भित्रीकोट भन्ने गर्छन । ‘वाहिरी कोट भन्दा त भित्री कोट नै न्यानो’ धरान देखी तोङवा र सुकुटी खान वसन्तपुर आईपुगेका राम लिम्वुले भने ‘अरु स्थानको भन्दा यहाको तोङवाको स्वाद नै अर्कै छ ।’ यस अघि गर्मीको सिजनमा मात्र तोङवा र सुकुटी खान यहा सम्म आउने गरेकाहरु अहिले जाडो मौषममा समेत शरिर तताउन भन्दै आईरहेका छन । रसिलो तोङवाको साथमा सुकुटी खान आउ“नेहरु प्रत्येक दिन वढिरहेको होटल व्यवसायीहरु वताउछन । ‘गर्मीको सिजनको भन्दा अहिले तोङवा र सुकुटीको व्यापार राम्रो फस्टाएको छ’ संखुवासभा चौकी वजारका लाली गुरा“स होटलका संचालक उदय कुमार लोले भने । अहिले पुर्वी तराईका धरान, विराटनगर, ईटहरी, झापा, लाहान, दमक तथा भारतको दार्जीलिङ लगायतका स्थान देखी उहाँको मनोरम स्थान हेर्न र तोङवा, सुकुटी खानकै लागि भनेर ग्राहकहरु आउ“ने गरेको उनिहरुको भनाई छ ।

भ्रमण वा काम विशेषले आएका विदेशी पर्यटकहरुले पनि तोङवा र सुकुटी खुव मन पराउ“ने गरेका छन् । चिसो मौषम शुरु संगै अहिले सम्म पुर्वी तराईवाट नजिकको दुरीमा रहेको वसन्तपुरमा आउने आन्तरीक पर्यटकका कारण प्रत्येक दिन जसो यहा“का साना ठुला होटलहरुमा भिडभाड हुने गरेको छ । ग्राहकको चापकै कारण होटलमा थप कामदार राख्नु पर्ने अवस्था आएको होटल व्यवसायीहरु वताउ“छन । धरानवाट तिन घण्टाको सवारी साधनको यात्रा पछि आई पुगिने वसन्तपुरमा सनिवार र अन्य सार्वजनिक विदाको समयमा ग्राँहकको चाप वढि हुने गरेको छ । वसन्तपुरको मात्र होईन, संखुवासभाको चौकी, मंगलवारे, गुफा, मुडेशनिश्चरे लगायतका अध्याधिक चिसो हुने वजारमा समेत तोङवा र सुकुटीको व्यापार चम्कीएको छ । ‘पुर्वी तराई देखी साना सवारी साधन र मोटर साईकल लिएर आउनेहरुको संख्या गनेर साध्यै छैन’ जलजला होटलका संचालक हिक्मत खड्काले भने । ग्राहकको चाप वढेकै कारण अहिले वसन्तपुरमा साना ठुला प्रकारका होटलहरु थपिने क्रम पनि वढेको छ । यहा“का सवै जसो होटलमा तोङवा र सुकुटीको व्यापार हुने गरेको छ । ग्राहक वढेकाले यहा“को व्यापार व्यवसाय पनि निकै फस्टाएको व्यवसायीहरु वताउछन् । ‘साह्रै स्वादिलो रहेछ’ दार्जिलिङवाट आएका श्याम बहादुर तामाङले भने ‘यति स्वादिलो तोङवा र सुकुटी त अहिले सम्म खाएकै थिईन ।’ पहिलो पटक यहा“ आएका उनले तोङवा र सुकुटी खानकै लागि पुनः दार्जिलिङ फर्किएर साथीहरु लिएर आउने वताए । पुर्वी तराईमा व्यापार व्यवासाय गर्ने, विद्यार्थी, सरकारी तथा गैरसरकारी संघ सस्थाका कर्मचारीहरु लगायतका लागि वसन्तपुर देखी गुफा वजार सम्मका स्थानहरु फुर्सद र विदाको समय विताउने गतिलो गन्तव्य स्थान वन्दै आएका छन् । ‘फुर्सदको समय चिसो मौषममा होटलमा तोङवा र सुकुटी खा“दै विताउ“दा खुव आनन्द आउ“छ’ वसन्तपुरको ताप्लेजुङ होटलमा तोङवा संगै सुकुटी खा“दै गरेको अवस्थामा भेटिएका संजिव मगरले भने । सुुकुटी र ताङवा खानकै लागि विदा र फुर्सदको समय पारेर परीवार सहित यहा“ आउनेहरुको संख्या पनि कम छैन । यहा“को तोङवा र सुकुटी निकै स्वादिलो भएकै कारण वजारमा मासु र कोदोको कारोवारमा समेत वृद्धि भएको छ । सुकुटीको खपत वढेकाले प्रत्येक सोमवार लाग्ने स्थानीय साप्ताहिक हाटमा काटिने भैसी र रा“गाको मासु किन्न समेत व्यवसायीहरु विच तछाड मछाड चल्ने गर्छ । मासुको खपत वढेकाले चाहिए जति किन्न नपाईने गरेको होटल व्यवसायीहरु वताउ“छन । पछिल्लो समय होटलमा ग्राहक वढेकाले हप्तामा ५० केजी भन्दा वढि सुकुटी विक्री हुने गरेको ताप्लेजुङ होटलकी संचालीका छिरिङ फुटिक लामाले वताईन । एक पटक तोङवा र सुकुटी खाएर गएकाहरु फुर्सद मिल्नासाथ पुनः आउ“ने गरेको उनले वताईन । कुनै समय व्यवसायीक रुपमा खोलीएका होटलहरुमा समेत ग्राहक नआएर लगानी डुव्ने डरले चिन्तित वनेका होटल व्यवसायीहरु चिसो मौषममा व्यापार चम्किएको देखेर औधी खुसी भएका छन । यसरी नै ग्राहक आईरहे होटल व्यवसायमा लगानी गर्न डराउनु नपर्ने होटल व्यवसायीहरुको भनाई छ । होटलमा ग्राहक वढेकाले कुखुरा, खसी र वंगुरको मासुको खपत पनि उत्तीकै वढेको व्यवसायीहरुको भनाई छ ।