तरहरा । इटहरीमा १६ वर्षिय वालिका बलत्कार घट्ना मिलापत्र गर्ने विचौलियालाई प्रहरीले सार्वजनिक मुद्धा दायर गरी खोजी गर्ने थालेको जनाएको छ । बलत्कार घट्नामा ठुलो आर्थिक चलखेल गरी घट्ना मिलाउँन चलखेल गरेको भन्दै विचौलिया खोज्न थालेको प्रहरीले जनाएको हो । वलत्कार घट्नामा मुख्य अभियुक्त मानिएका विराटनगरका मनिष श्रेष्ठले घट्ना मिलाउँन २५ लाख रुपैया दिएको वयान प्रहरी समक्ष दिए सँगै प्रहरी विचौलियाहरुलाई सार्वजनिक मुद्धा दायर गरी खोज्न थालेको हो । श्रेष्ठ सँगै वलत्कार आरोपित धरानका जोकम लिम्वुलाई प्रहरीले पक्राउ गरीसकेको छ । तर घट्ना मिलापत्र गराउँनेहरुलाई भने मुद्धा दायर गरी खोजी कार्य अगाडी बढाएको प्रहरीको भनाई छ । घटनालाई सामसुम बनाउन भुमिका खेलेको आरोपमा जिल्ला प्रहरी प्रमुख विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चिरञ्जिवि दाहाल निलम्बनमा परिसकेका छन् । घट्ना मिलाउँन विचौलीया समेत लागेको पाईए पछि ३ जनालाई मुद्धा दायर गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले जनाएका छन । को को परेको छन भन्ने बारे उनले भन्न चाहेनन् । प्रहरी स्रोत्रका अनुसार मिलापत्र गराउन तरुण दलका जिल्ला सभापति सिजन गुरुङ र तरुण दलका उपसभापति सन्तोष बिक यस्तै, इटहरी वडा नं २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले मिलापत्र गराउँन भुमिका गरेको भन्दै उनीहरु विरुद्ध प्रहरी सार्वजनिक मुद्धा दायर भएको जनाएको छ । गत पुष १६ गते इटहरीको रोयल रिसोर्टमा १६ बर्षिया बालिकालाई जर्बजस्ती बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । प्रहरीले दुवैलाई पक्राउ गरि जर्बजस्ती करणीमा मुद्दा दर्ता गरि अनुसन्धान तथा कार्वाही प्रक्रिया अघि बढाइसकेको छ । कोशी अञ्चल एसएसपीको संयोजकतत्वमा छानविन भईरहेको छ ।