तरहरा । इलाका प्रहरी कार्यलय इटहरीले शनिवार इटहरी स्थित पश्चिम लाईनमा पेस्तोल देखाई आतंकित बनाईरहेको अबस्थामा इटहरी ५ का दुई युवालाई पक्राउ गरेको छ । इटहरी ५ जनताबस्तीका २२ वर्षिय यामबहादुर लिम्वुको साथबाट ९ एमएम पेस्तोल सहित १ राउड गोली सहित पक्राउ गरेको हो । लिम्वु सँगै इटहरी ८ का रोवन वस्नेतलाई पनि फक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सञ्जय राउतले वताए । शनिवार विहान सामान्य विषयमा पेस्तोल देखाई आतंकित बनाईरहेको अवस्थामा पक्राउ गरेका हौ । केहि दिन अगाडी मात्र खनारबाट इटहरी १ वस्ने रत्न तामाङलाई कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको थियो ।