माेरङ/  प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसद सुरु भएको १४ दिन बितिसक्दा पनि अझै संसदीय दलको नेता छान्न सकेको छैन ।

संसदीय दलको नेतामा ४ जनाको नाम आएपछि त्यसको लागि निर्वाचन गर्ने तयारीमा नेपाली कांग्रेस लागेको छ । संसदीय दलको नेतामा कसैको नाममा सहमति नजुटेपछि चुनावमा जाने तयारी गरेको हो । संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । प्रदेशसभा सदस्य सुर्यराज राईका अनुसार निर्वाचन प्रयोजनका लागि अधिवक्ता भरत थापालाई निर्वाचन प्रक्रियाको जिम्मा दिइएको छ ।

संसदीय दलको नेताको लागि मोरङका प्रदेश सभा सदस्य केदार कार्की, सुनसरीका प्रदेश सभा सदस्य राजिव कोइराला मुख्य दावेदारको रुपमा छन् भने मोरङकै शेखरचन्द्र थापा र लोकप्रसाद संग्रौलाले पनि संसदीय दलको नेताको दावी गर्दै आएको छ ।

नेपाली कांग्रेसको एक नम्बर प्रदेशमा २१ जना प्रदेश सभा सदस्य रहेका छन् । सहमतिको लागि धेरै प्रयास भइरहेको भए पनि कुरा नमिले अन्तिममा गएर निर्वाचन हुने बताइएको छ ।