१. विषय प्रवेश ः ओइली जाला फुल, सुकी जाला धारा । उडी जाला बादल, अस्ताई जाला तारा ।। जहाँ तिम्रो प्रकाश, त्यहीँ मेरो छायाँ । छुटी जाने भङ्गालोको किन हुन्थ्यो माया ।। छुटी जाने भङ्गालोको किन हुन्थ्यो माया

उदीयमान गीतकार चन्द्र रानाहछाले रचना गरेको चलचित्र ‘यारी’ को यो गीत अहिले युट्युब, रेडियो र एफएमहरूमा बजिरहेको छ र चर्चाको शिखरमा चुलिइरहेको छ । नेपाल चलचित्र विकास बोर्डबाट राष्ट्रिय सम्मान (२०७४) प्राप्त ‘यारी’ एक कथानक चलचित्र हो । अहिले पहिचानको मुद्दा राष्ट्रव्यापीरूपमा उठिरहँदा किराती मौलिक पहिचानमा आधारित चलचित्र ‘यारी’ प्रदर्शन भइरहेको छ । सुनसरीको धरानस्थित गणेश टाकिजमा यही फागुन ७ गते बिहान ७ बजे चलचित्र प्रदर्शन हुने भएको छ । यसभन्दा पहिले यसले अमेरिका र काठमाडौँमा अपार सफलता प्राप्त गरिसकेको छ । सिलिचोङ फिल्म्स् प्रालिको ब्यानरमा निर्मित यस चलचित्रमा किराती मौलिक विषय बोकेको नयाँ कथा छ । राष्ट्रिय बहसको विषय बनेको पहिचानको मुद्दाबारे यसले गतिलो उत्तर दिएको छ । ‘यारी’ किराती मौलिक शब्द हो, जसको अर्थ ‘जोखाना हेर्नु’ वा ‘भविष्य कस्तो हुन्छ भनी चिनो हेर्नु’ भन्ने लाग्छ । किराती संस्कृतिमा अति महŒव रहेको यारी एक प्रकारको जङ्गली वनस्पति अदुवा हो । किराती रिसिया रमुन्दुममा यसको प्रयोग अनिवार्य हुन्छ । संस्कारगतरूपमा अति महŒवपूर्ण स्थान छ । यसको अभावमा सांस्कृतिक कर्म पूरा हुँदैन । किराती मुन्दुममा नोछुङ (धामी) हरूबाट यारी काटेर यस्तो जोखाना हेर्ने परम्परा रहिआएको छ किराती गाउँघरहरूमा । आधुनिक विकासका नाममा किराती गाउँघरहरूमा सडक पुगेपछि अब गाउँको भविष्य कस्तो हुन्छ ? किरात संस्कृतिको अवस्था के हुन्छ भनेर नोछुङले जोखाना हेरेको कथा यसमा छ । ‘यारी’ मा किराती सौन्दर्यशास्त्र, सांस्कृतिक उपागम, प्रेमरस, सांस्कृतिक पहिचान, वर्गीय विभेद आदि विषयलाई समेटिएको छ । विभिन्न किराती संस्कृतिमा आधारित अहिलेसम्म बनेका चलचित्रहरूमध्ये यसमा किरात सौन्दर्यशास्त्रको प्रयोग अब्बल पाइन्छ ।

२. चलचित्रमा नयाँ प्रयोगः

चलचित्र ‘यारी’ लाई नेपाली समाज र संस्कृतिको दृष्टिकोणबाट सैद्धान्तिक आधारमा हेरिएको छ । यो सांस्कृतिक उपागम सिद्धान्तअनुसार कुनै पनि मौलिक विषयमा अरू तŒवले आक्रमण गर्दा मौलिकता तहसनहस हुन्छ । यहाँ किराती भाषा, धर्म, संस्कृति, परम्परा आदिलाई विकासको नाममा आएको सडकले कसरी खलल पु¥याएको छ भन्ने विषय उठान गरिएको छ । सडकले प्राचीन निसानी चिहान, चौतारा, ठाटी, पाटी विनाश गर्दछ । त्यसैको संरक्षणका लागि गरिएको सङ्घर्षको कथा हो– यारी । गाउँमा सडक पुगेपछि भाषा, धर्म, संस्कृति, परम्परा आदि बिस्तारै–बिस्तारै समाप्त हुँदै जान्छन् । सडकसँगै अन्य समुदायका मानिसहरूको प्रवेश भएपछि संस्कृतिमा अन्तरघुलन हुन्छ, किराती संस्कृति तहसनहस हुन्छ र अन्त्यमा पहिचानविहीन बन्दछ । यही पहिचानलाई जोगाउनुपर्छ भन्ने विषयमा यसको कथा अगाडि बढेको छ । आदिवासीहरूको पहिचानलाई नष्ट बनाउने विभिन्न औजारमध्ये एउटा विकास निर्माण पनि हो । विकास गाउँमा पुगेपछि ऐतिहासिक र सामरिक महŒव राख्ने चिहान, चौतारा, ठाटी, पाटीहरू ध्वस्त हुन्छन् भन्ने विषय उठान गरिएको छ । नेपालमा आदिवासी जनजातिसम्बन्धी अधिकार आईएलओ १६९ को सही कार्यान्वयन नहुँदा विकासले आदिवासीको पहिचान कसरी नष्ट पार्छ भन्ने प्रतिनिधि घटना यस चलचित्रमा देखाइएको छ । अन्तर्राष्ट्रिय महासन्धि आईएलओ १६९ नेपालले २०६४ सालमा औपचारिकरूपमा स्वीकार गरेको अन्तर्राष्ट्रिय कानून हो । त्यसैगरी यसमा वर्गीय चरित्र र प्रेमको चित्रण पनि सरलरूपमा पाइन्छ । चलचित्रमा राईहरूको भाषा पनि प्रयोग गरिएको छ । धनी र गरीबबीचको युगौँदेखिको खाडल प्रेममा बाधक बनेको देखाइएको छ । ‘यारी’ ले नेपाली समाजको यथार्थ चित्रण गरेको छ ।

३. किरात सौन्दर्यशास्त्रको प्रयोग ः  

प्रायः मूलधारमा बनेका चलचित्रहरूमा किराती सौन्दर्यशास्त्रको प्रयोग भएको देखिँदैन तर यसमा किरात सौन्दर्यशास्त्रको उत्कृष्ट प्रयोग देखिन्छ । यहाँ देखिएको हरेक दृश्यमा किराती पहिचान झल्कन्छ । किराती मौलिक वेषभुषा, गरगहना, सांस्कृतिक सामग्रीहरू, संस्कृति, रीतिरिवाज, परम्पराका साथै राईहरू बहुभाषी भएकाले मातृभाषाका केही संवादसमेत प्रयोग भएको छ । त्यसैगरी विवाहका लागि मगनी, मृत्युजस्ता कार्यमा राईहरूको संस्कार देखाइएको छ । किरातीहरूले परम्परागत सीप र ज्ञानको प्रयोग गरी राडीपाखी, घुम, अल्लो, धागो आदि बनाएको दृश्यले उनीहरू आत्मनिर्भर थिए भन्ने प्रमाणित गर्दछ । यो सीपलाई पुस्तान्तरण गर्नु आवश्यक देखिन्छ । यसकारण ‘यारी’ मौलिक विषयमा निर्माण भएको हो भन्न सकिन्छ । यसमा पात्रका नामहरू मौलिक किराती छन् । जस्तैः नायिका छिन्मा, नायक दिबुङ, टोङ्मा आदि । गीतको बोलमा समेत किराती आराध्यदेव सुम्निमा र पारुहाङजस्ता शब्दको प्रयोग भएको छ ।

४. कथा, छायाङ्कन र निर्देशनः युवराज (वीरबहादुर) राई नेपाली चलचित्र क्षेत्रमा नयाँ नाम होइन । उनले तीन दशकदेखि निरन्तर योगदान दिइरहेका छन् । उनी अनुबन्धित धेरैवटा चलचित्र ५१ दिन मनाउन सफल भएका छन् । उनले चलचित्र क्षेत्रमा जीवन समर्पण गरे जसको फलस्वरूप उनले बेस्ट सिनेमाटोग्राफर र नेपाल चलचित्र विकास बोर्डबाट राष्ट्रिय सम्मान (२०७४) जस्ता धेरै पुरस्कार र सम्मान पाएका छन् । यसअघि उनको ‘रिसिम’ चलचित्र सफल भइसकेको छ । ‘यारी’ उनको दोस्रो चलचित्र हो । यसमा निर्देशक राईले जीवनको लामो अनुभव खन्याएको देखिन्छ । यसमा उनले नयाँ प्रयोग गरेका छन् । उनी किरात राई चलचित्रकर्मी सङ्घका केन्द्रीय उपाध्यक्ष र किरात राई प्रज्ञा–परिषद्का केन्द्रीय प्रज्ञा सदस्य पनि हुन् । यस चलचित्रमा निर्भीक राई, विमिता राई, दक्ष राई, श्याम राई, कल्याण राई, जायिका राई, ज्यति, प्रविन पुमा, प्रविन राई,  भविना राई, वीरकुमार, विक्रम वन आदि कलाकारहरूको मुख्य भूमिका छ भने अतिथि कलाकारका रूपमा सञ्जु राई, सरिता राई र मोनिकला राई छन् ।  कार्यकारी निर्माता उर्मिला राई तथा निर्माता गणेश गिरी र प्रविन राई रहेको चलचित्रका प्रस्तुतकर्ता दक्षकुमार राई हुन् । यसमा अङ्ग्रेजी सबटाइटल अनुवाद प्रविन पुमाले गरेका छन् भने नृत्य निर्देशन जनक राई र सम्पादन किरणराज थापाले गरेका छन् ।

५. गीत–संगीत ः कहाँबाट टिपी ल्यायौ यो मायाको मौसम । यही मायामा मरूँ लाग्छ सुम्निमाको कसम । अहिले सर्वाधिक चर्चित यस गीतका रचनाकार वरिष्ठ गीतकार भूपाल राई हुन् । उनी विशेष गरी किरात मौलिक विषयमा गीत सृजना गर्छन् । त्यसैगरी अर्को लोकप्रिय गीतको रचना चन्द्र रानाहछाले गरेका छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव–२०७४ मा सर्वोत्कृष्ट हुन सफल कवि हुन् । उनका दर्जनौँ सृजनाहरू छन् । प्रस्तुत चलचित्रमा उनको गीत चर्चाको शिखरमा पुगेको छ– ओइली जाला पूmल, सुकी जाला धारा । उडी जाला बादल, अस्ताई जाला तारा ।। जहाँ तिम्रो प्रकाश, त्यहीँ मेरो छायाँ । छुटी जाने भङ्गालो, किन हुन्थ्यो माया ।। यस चलचित्रका गीतहरूमा गायक–गायिकाहरू मेलिना राई, निचल राई, रूपकुमार राई, सुनिता थेगिम र भीषण राईको स्वर छ ।संगीतकार डाक्टर किरात र पदम राई छन् भने संवाद डिक बान्तवाले लेखेका छन् । दोभाने, साल्पा, मयुङ, सीलिचोङ भोजपुर माझकिरात, खोटाङ, सोलु, काठमाडौँ आदि स्थानमा छायाङ्कन गरिएको चलचित्रको विशेष प्रदर्शन किरात राई सांस्कृतिक कलाकार सङ्घको सुनसरी जिल्ला समितिले यही फागुन ७ गते बिहान ७ बजे धरानको गणेश टाकिजमा गर्ने भएको छ । चलचित्रलाई सफल बनाइदिन सबैलाई हार्दिक अनुरोध गर्दछु ।