मोरङ/ झापाको दमक नगरलाई सुरक्षित नगरका रुपमा व्यवस्थित गर्न चोकमा हाइपर लाइट राखिएको छ भनें सीसी क्यामेरा जडान गर्ने तयारी भइरहेको छ ।

दमक उद्योग वाणिज्य संघले गोलो चौंकको आइल्याण्ड भित्र रातीको समयमा प्रयोग हुने हाइपर लाइट जडान गरिसकेको छ । करीव ३ लाख ५० हजार मूल्यको लागतमा ८ थान हाईपर लाइट राखिएको संघका अध्यक्ष राजेन्द्र ढकालले जनाए ।

यसैगरी, दमक चौक र वजार क्षेत्रमा समेत संघले सीसी क्यामेरा जडान गर्ने भएको छ । सीसी क्यामेरा जडान उपसमितिका संयोजक समेत रहेका संघका द्धितीय उपाध्यक्ष युवराज घिमिरेले ४५ देखि ५० थान सीसी क्यामेरा जडान गर्ने योजना वनाउँदै गरेको वताए । मुख्य राजमार्गको रतुवा पुलदेखि क्याम्पस मोड क्षेत्रसहित बजार क्षेत्रमा मुभेवल क्यामेरा जडान गरिने । ती क्यामेरा जडान गर्न करिव ६० लाख लाग्ने संघको अनुमान छ । सीसी क्यामेरा जडान गर्न स्थानीय वित्तिय संघसंस्था,नगरपालिकाबाट सहयोग जुटाउन थालिएको छ ।

यसले सडक दुर्घटना तथा आपराधिक घटना न्यूनिकरण हुनमा सघाउने इलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक गिरीले वताए ।

वजार क्षेत्रमा दर्जनौं सहकारी र बैक सञ्चालनमा रहेको दमकमा दैनिक ठूलो राशीको आर्थिक कारोवार हुने गरेको छ । ।

संघले २०७० सालमा दमक बजारमा शान्ति शुरक्षालाई सुदृढ गर्न जडान गरिएका ८ थान सिसी क्यामरा प्रभावकारी हुन नसकेको अवस्थामा पुनः क्यामेरा जडानगरी त्यसलाई प्रभावकारी वनाउने संघको योजना छ ।