पथरी । मोरङको पथरीशनिश्चरेमा आयोजित जारी तेस्रो नगरकप फुटबल प्रतियोगिताको फाइलनको पुर्बसध्यमा भएको खेलमा पत्रकारको टिमलाई २—३ गोल अन्तरले आयोजक बुद्ध युथ क्लव विजयी भएको छ । आइतबार भएको मैत्रीपूर्ण खेलमा आयोजकको तर्फबाट तीनै गोल मध्यन्तर अघि सुकदेब राईले गरेका थिए । त्यसैगरी पत्रकारहरुको टिमबाट दुबै गोल मध्यन्तर पछि बिरेन साम्बाले लगाएका थिए । मध्यन्तर अघि खेल आयोजक ३ र पत्रकार टिम शून्य रहेको थियो । फाइलन खेल (आज) सोमबार पथरी—१ र २ नम्बर वडावीच उपाधिको लागि भिड्दैन । फाइनलको पूर्बसध्यामा आइतबार भएको प्रदर्शनी खेल पत्रकार—कलाकार भर्सेज आयोजकबीच भएको थियो । पत्रकारको टिममा कलाकारहरुको पनि उपस्थीतमा टिम भएर खेलेका थिए । पत्रकारको तर्फबाट अर्जुन जम्नेली राई,दिनेश सुब्बा,सन्तोष राई, अमिर राई, तेजन खड्का,हिमाल राई,गोपाल काफ्ले, अर्जुन काफ्ले र गायक कलाकार देब गुरुङ, विवेक योङहाङ लगायतका खेलाडी मैदानमा उत्रिएका थिए । पत्रकारको टिमको क्यप्टेन मोहान भट्टराई र हरि कोइराला रहेको थियो । आयोजकको तर्फबाट बिक्कि राई, मदन साम्पाङ्ग, गिरिस साम्बा लगायतको टिम रहेका थिए । आयोजकको तर्फबाट खेल्ने खेलाडीहरु अधिकांश पूर्ब खेलाडि(भ्याटन) रहेका थिए । सोमबार फाइनल खेल हुर्दै छ । फाइनल खेलमा आयोजक वडा नं. २ र १ बिच हुनेछ । वुद्ध युथ क्लवको आयोजनामा भएको खेलमा विजेता टिमले नगद ४० हजार र उप विजेताले नगद २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक बुद्ध युथ क्लबका अध्यक्ष मदन साम्पाङले बताए ।