संखुवासभामा । संखुवासभाको मादी नगरपालिका-४ श्रीजुङ स्थित शेर्पा गुम्बा छेउमा आईतबार माटोको ढिस्कोले पुरिएर सासु- बुहारीको मृत्यु भएको छ।

अपरान्ह सवा ४ बजे माटो खन्ने क्रममा अचानक ढिस्को खसेर मान्छे पुरिएको जानकारी पाउना साथ प्रहरी चौकी मादी रामबेनीबाट उद्धारमा खटिएको टोलीले सोही ठाउँ बस्ने दल बहादुर बि.क. को श्रीमती ५५ बर्षिया टिकामाया बि.क. र निजकै बुहारी २३ वर्षिया मनिषा बि.क. को लाश माटोले पुरिएको अवस्थामा फेला पारेको थियो।

घटनाबारे आवश्यक कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।