इटहरी । इलाका प्रहरी कार्यालय रानीको “लागूऔषध नियन्त्रण अभियान” अन्तर्गत आईतबार दिउँसो एक युवतीसहित २ जनालाई पक्राउ गरेको छ।

लागूऔषध सहित सुनसरी ईटहरी उप-महानगरपालिका ४ बस्ने १८ बर्षिय बिवेक पाण्डे र सुनसरी झुम्का २ बस्ने १८ बर्षिया स्वस्तिका चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो।

भारतीय बजारबाट नेपालतर्फ पैदल आईरहेका उनीहरुलाई शंकालागी नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा पाण्डेको साथबाट लागूऔषध डाईजेल्याब-२५, लुपिजेसिक-२५, एभिल-२५, फेनारगन-२५ एम्पुल र नाईट्रोसन ट्याबलेट-१० चक्की फेलापरेको थियो भने चौधरीको साथबाट लागूऔषध डाईजेल्याब-१३, लुपिजेसिक-१३, एभिल-१३ एम्पुल फेनारगन-५ एम्पुल र नाईट्रोसन ट्याब्लेट-१० चक्की फेला पारी बरामद गरेको हो।

पक्राउ परेका दुबै जना उपर लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसंन्धान भईरहेको रानी प्रमुख निरौलाले जानकारी दिनुभयो।