नायिका निशा अधिकारी आमा बन्ने भएकी छन् । उनले हालै सामाजिक सञ्जालबाट सो जानकारी दिएकी हुन् । नायिका निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी हुन् । भेषवाकर नामिबियामा भएको एसीसी डिभिजन–२ क्रिकेट प्रतियोगिता खेलेर सोझै श्रीमती निशा अधिकारीलाई भेट्न अमेरिका पुगेका छन् । उनी विश्वकप छनौट खेल्न उतैबाट जाने बुझिएको छ ।