विराटनगर/ मोरङमा हात्तीपाइलेको ९ सय २८ जना विरामी रहेको जिल्ला जनस्वस्थ्य कार्यालय मोरङले जनाएको छ । कार्यालयको अनुसार शहरीक्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा हात्तीपाइलेको विरामी बढी रहेको जनाएको छ ।

मोरङमा १ महानगरपालिका सहित ८ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी रतुवामाइ नगरपालिकमा हात्तीपाइलेको विरामी रहेको फेला परेको छ । उक्त नगरपालिकामा २ सय ७५ जना हात्तीपाइलेको विरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए । नगरपालिका हकमा रतुवाइ र गाउँपाकिलमा जहदा गाउँपालिका सबैभन्दा बढी हात्तीपाइलेको विरामी फेला परेको जनस्वाथ्य कार्यालयले जनाएको छ । जहदा गाउँपालिकामा १ सय ४३ जना हात्तीपाइलेको बिरामी रहेको छन् ।

जिल्लामा हात्तीपाइले रोगबाट खुट्टा सुनिने २ सय ६ जना, हाईड्रोशिल भएको ७ सय ८ जना हात खुटा सुनिने २४ जना रहेको जनस्वास्थय कर्यालय मोरङले तथ्याङमा देखिन्छ ।

त्यस्तै मोरङको धनपाल थान गाउँपालिका ६५ जना, कटहरी गाउँपालिकामा ३९ जना, कानेपोखरी गाउँपालिका ५९ जना, ग्रामथान गाउँपालिकामा २२ जना, सुन्दर हरैचा नगरपालिकामा ४ जना बिरामी रहेका छन् ।

त्यस्तै सुनवर्षी नगरपालिकामा १ सय ८९ जना, रङ्गेली नगरपालिकामा १ सय ६ जना, लेटाङ नगरपालिकमामा ३ जना, बेलबारी नगरपालिकामा १७ जना र विराटनगर महानगरपालिकामा १८ जना हाक्ति पाइलेको विरामी रहेको जनस्वाथ्य कार्यालयको तथ्याङकमा देखिन्छ ।

हात्तीपाइले रोगलाई निवार गर्न औषधि खुवाउँदै

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले सातौ चरणको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम मार्फत मोरङमा ८ लाख ९ हजार १ सय ९१ जनालाई हात्तीपाइलेको औषधि खुवाउने भएको छ । यही फागुन १२, १३ र १४ गते मोरङको विभिन्न स्थानबाट स्वास्थ्यकर्मीहरुले हात्तीपाइले औषधि खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

मोरङको एक महानगरपालिकासहित ८ नगरपालिका र ८ गाउँपालिकाहरुबाट एक साथ हात्तीपाइलेको औषधि खुवाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी दिए । मोरङमा ९ सय ३८ जना हात्तीपाइलेका विरामी रहेको कार्यालयले जनाएको छ ।

औषधि खुवाउन ४ हजार ९ सय ६ जना

फागुन १२ गतेदेखि सुरु हात्तीपाइले रोग निवारण कार्यक्रममा हाक्तिपाइलेको औषधि खुवाउन ४ हजार ९ सय ६ जना कर्मचारी जनस्वास्थय कार्यालयले परिचालन गर्ने भएको छ । ४ सय ९९ जना स्वास्थ्यकर्मीहरु र ४ हजार ४ सय ७ जना स्वयम सेवक परिचालन गर्ने तयारी गरेको जनस्वास्थय कार्यालय मोरङले जनाएको छ । कार्यालयको अनुसार २ हजार ७ सय ८९ स्थानबाट हात्तीपाइलेको औषधि खुवाउने कार्यलय प्रमुख मेहताले जानकारी दिए ।

‘मोरङमा सुरु भएको यो सातौं चरणको कार्यक्रम हो,’ जनस्वास्थ्य प्रमुख महतोले भने, ‘हात्तीपाइले रोग फैलिन नदिन र बिरामी न्यूनिकरण गर्न अभियान सुरु गरेका हौं ।’ उनका अनुसार मोरङमा आर्थिक वर्षमा ७२ प्रतिशतले हात्तीपाइलेको औषधी खुवाएको जानकारी दिए । ‘यस वर्ष शतप्रतिशलाई खुवाउने हामीले लक्ष्य राखेका छौं,’ उनले भने ।