युवा स्टार अनमोल केसीले २ वर्षपछि कमब्याक गरेको फिल्म ‘कृ’ यतिबेला सिनेमा घरहरुमा सफलतापूर्वक दोस्रो सातामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको पहिलो हप्ता नाघ्दै गर्दा साढे ५ करोडको विजनेश गरेको फिल्मले अब निर्माताका लागि मुनाफा कमाइरहेको छ ।

यही फिल्मका लागि झन्डै २ वर्ष घरको चार कुनामा मात्र सिमित रहेका अनमोल अब चाँडै नयाँ फिल्म 'क्याप्टेन' को तयारीमा जुट्दैछन् । यो फिल्ममा उनी फुटबल खेलाडीको भूमिकामा देखिनेछन् ।

‘कृ’ का लागि शरीर बनाउन, नृत्य सिक्ने, कपाल बढाउन, लामो समय सुटिङ र फिल्म प्रमोशनले गर्दा उनी फ्रेस हुन काहीँ–कतै निस्कन पाएका थिएनन् ।

‘कृ’ रिलिज सँगै यतिबेला अनमोल चितवनको भरतपुर छन् । उनीसँग दिदी काजल पनि साथमा छिन् । काजल, भुवन केसीकी जेठी श्रीमती विजया केसीकी छोरी हुन् । भुवनले काजलकै नामबाट फिल्म निर्माण कम्पनी खोलेका छन् । जसबाट 'करोडपति', 'ड्रिम्स', 'कृ' जस्ता फिल्म निर्माण भइसकेका छन् ।

काजलसँग अनमोलको सम्बन्ध सुमधुर छ । गएको भाईटिकामा अनमोलले उनकै हाटबाट टिका लगाएका थिए । काजलले आफ्नो आधिकारिक फेसबुकमा अनमोलसँगका केही तश्बिरहरु शेयर गरेकी छिन् । जसमा उनी फ्रेस मूडमा देखिन्छन् ।

दिदी काजलसँग उनले चितवनमा 'हात्ती सफारी' पनि गरेका छन् । खबरअनुसार, अझै केही दिन अनमोल फ्रेस हुनका लागि चितवनमा नै बस्नेछन् । ‘कृ’ बाट अपेक्षा अनुसार उत्कृष्ट प्रतिक्रिया नपाएपछि उनी निकै तनावमा देखिएका थिए ।