विराटनगर/ लागुऔषध ब्यूरो विराटनगरले अवैध लागुऔषध सहित एक युवालाई विराटनगरबाट सोमबार पक्राउ गरेको छ ।

लागूऔषध ब्यूरो टोलीले विराटनगरको रानीबाट इटहरी– २का २५ वर्षिय सुरेन मगरलाई ३६ एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई लागूऔषध ब्यूरोले सोमबारनै इलका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ ।