बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी स्टारर फिल्म ‘बागी २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा टाइगर जर्बजस्त एक्सन अवतारमा देखिएका छन् । रोनीको भूमिकामा उनको लुक निकै धमाकेदार छ ।

यो फिल्ममा मनोज वाजपेसी, दीपक डोबरियाल र रणदीप हुड्डा जस्ता स्टार पनि देखिँदैछन् । ट्रेलर रिलिजभन्दा केही घण्टा अगाडि निर्माण टीमले फिल्मको दुई नयाँ पोस्टर सार्वजनिक गरेको थियो, जसमा टाइगर र दिशा फिचर्ड छन् । ‘बागी २’ का निर्माताले फिल्मको ट्रेलर मुम्बईको रेसकोर्समा निकै अनौैठो अन्दाजमा सार्वजनिक गरे । रेसकोर्समा टाइगर श्राफ र दिशा पटानीले हेलीकप्टरबाट झरेर फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । [embed]https://youtu.be/F2lN25IayH8[/embed]