विशेषताहरुः

– सम्पूर्ण उपभोग्य वस्तू एकै ठाउँमा

– अन्तराष्ट्रिय ब्राण्डका कपडा

– दुई वटा सिनेमा हल

– सेमिनार हल र वैङ्कट

– पर्याप्त पार्किङ सुविधा

– विहानदेखि वेलुका सम्म गोरखा किचन

२०५६ सालमा इटहरीमा १४ जना कर्मचारी राखेर शूरु गरेको गोरखा डिपार्टमेन्ट स्टोरले यति वेला पूर्वमै सफल व्यवसायको रुपमा परिचय नाम कमाएको छ । यति वेलासम्म आइ पुग्दा गोरखा डिपार्टमेन्ट स्टोरले एक हजार भन्दा बढीलाई रोजगारी समेत दिएको छ । इटहरीबाट फष्टाउँदै विराटचौक, पथरी, दमक हुँदै धरानमा पनि आफ्नै भवनमा शाखा विस्तारको तयारीमा छ । आगामी फागुन २५ गते धरान शाखाको उद्घाटन रहेको गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्धक बलराम आचार्यले बताए । झण्डै चार दशक अघि मोरङको केरौनस्थित जहदामा किराना पसल सञ्चालन गरेर व्यवसायमा लागेका बलराम आचार्यले पूर्वमा डिपार्टमेन्ट स्टोरको लहर ल्याए । त्यति मात्र होइन आफैंले ल्याएको लहरको प्रतिष्पर्धामा समेत उनी अगाडी छन् । आफ्नो व्यवसायको पाँचौं शाखाको रुपमा धरानमा शाखा विस्तार हुँदै गर्दा त्यहाँ के कस्ता सुविधा छन् । र भावी योजना के छ भन्नेबारेमा ब्लाष्टका लागि बाबुराम सुवेदीले गरेको कुराकानीः–

पूर्वमा गोरखा डिपार्टमेन्ट स्टोर त सफल व्यवसायको उदाहरणकै रुपमा बढाउनु भयो नि ?

– त्यो भन्दा पनि एउटा उदेश्य सहित त्यो अभियानमा लाग्दै जाँदा आजको अवस्था आएको हो । त्यसको लागि सबै भन्दा पहिला म आम उपभोक्ता, ग्राहक जे भनौं उहाँहरुलाई धन्यावाद दिन्छु । अनि हाम्रा कर्मचारीले व्यवसायमा गरेको लगानीलाई अघि बढाउन मनग्गे मेहेनत गर्नु भएको छ । यी सब कुरा मिलेर आजको अवस्था आएको हो । हाम्रो तर्फबाट व्यवसायमा जुन लगशिलता जरुरी दिन जरुरी थियो । त्यसलाई इमानदारीता पूर्वक व्यवस्थापन गरेको कारण पनि हामीलाई व्यवसायमा सफलता मिल्दै गएको छ ।

धरानमा आफ्नै भवनमा पाँचौं शाखा खोल्दै हुनुहुन्छ ? इटहरी पूर्वका बजारबाट फेरि धरान फर्कनु भयो नि ?

– हामी धरान तर्फ फर्किएका होइनौं । धरानबाट इटहरी सम्म आउने हाम्रा जुन ग्राहक हुनुहुन्छ । उहाँहरुलाई सहजता होस् र हाम्रो पनि धरानमा व्यवसाय गर्ने चाहना पुरानै हो । त्यसै पनि धरान ऐतिहासिक शहर पनि हो । हामीले धरानमा शाखा खोल्न ढिला भएको मात्रै हो । भवन निर्माणदेखि व्यवस्थापन गर्न केही समय लागेको हो । इटहरीका पूर्वका शाखासँग सँगैको योजना भए पनि भवन निर्माण र व्यवस्थापनमा अलि ठूलो योजना भएकोले केही ढिला भएको मात्रै हो । आगामी फागुन २५ गते हामी धरानको भोटेपुलस्थित धनकुटे रोडमा गोरखा डिपार्टमेन्टको पाँचौं शाखाको विस्तार गर्दैछौं । अन्य ठाउँको तुलनामा धरानका ग्राहकमा एक किसिमको कल्चर पनि छ । त्यसलाई सम्मान गर्छौं ।

धरानमा शूरु हुने गोरखा डिपार्टमेन्टमा के के सुविधा छन् ?

– हाम्रो अन्य शाखामा भए जस्तै खाद्यान्न तथा उपभोग्य वस्तुहरु पाइन्छ नै त्यस भन्दा फरक चै धरानमा हामीले विहान ७ बजेदेखि राती नौ बजेसम्म किचन सञ्चालन गर्ने योजना बनाएका छौं । बेलुका ५ बजे पछि अल्कोहल पनि चलाउने तयारी गरेका छौं । पूर्वाधारका कुरा गर्दा सेमीनार हल दुई वटा, दुई वटा सिनेमा हल र व्याङ्केट हल पनि सञ्चालनमा ल्याउने छौं । अन्य सेवा सुविधाको कुरा गर्ने हो भने हामीसँग ६ लाख प्रकारका सामानहरु त्यहाँ पाउनु हुने छ । अन्तराष्ट्रिय ब्राण्डका सामानहरु पनि त्यहाँ उपलब्ध हुनेछन् । जुन बजार मूल्य भन्दा बढी मुल्य पर्ने छैन । हामीसँग ७५ वटा गाडी र एक हजार भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सक्ने क्षेत्र पनि हामीसँग छ ।

कुन वर्गका ग्राहकलाई धरानको डिपार्टमेन्टले आकर्षित गर्ला ?

– हाम्रो लागि को धनी को गरिव हुँदैन । सबैले उपभोग गर्न सक्ने विभिन्न ब्राण्डका सामानहरु पाउनु हुनेछ । हाम्रोलागि आम उपभोक्ता समान हुनुहुन्छ । कसैले डिपार्टमेन्ट स्टोरमा त महङ्गो हुन्छ भन्ने सोच्नु भएको छ भने गोरखा डिपार्टमेन्टले प्रायः त्यो सोचाई परिवर्तन गराइ सकेको छ । अन्य शाखामा जस्तै धरानमा पनि गोरखाले सबै खाले ग्राहकलाई मध्यनजर गरेर व्यवसाय सञ्चालन गर्नेछ ।

व्यवसाय गर्न कत्तिको चुनौति छ ?

– कुनै पनि काम गर्दा चुनौति त पब्कै हुन्छ । तर, हामीलाई पहिला व्यवसाय शूरु गर्दा जुन चुनौति थियो । अहिले त्यो अवस्था छैन । गोरखा डिपार्टमेन्टको बारेमा आम उपभोक्ताले बुझी सकेका छन् । धेरैलाई नाम थाहा छ । त्यसको साथै हामीले पनि सबैलाई समेट्ने हिसावले सामानहरु विक्री गर्दै आएका छौं । समग्रमा भन्दा अहिले हामी प्रति आम उपभोक्ताको विस्वास बढेको छ । त्यसले पनि हामीलाई व्यवसाय गर्न सहजता मिलिेको हो । लगानीको पाटोमा भन्ने हो भने कुनै पनि व्यवसाय गर्दा केही न केही लगानी त भइनै हाल्छ । विस्वास बढे पछि लगानीमा डराउनु पर्ने कुनै कारण हुँदैन । सचेत र इमानदारीता भने हुन जरुरी हुन्छ त्यसैको कारण हामी आजको अवस्थामा आइ पुगेका हौं ।

तपाईहले व्यवसाय सञ्चालन गर्दै गर्दा उत्पादनमा लगानी गर्नु भएको छैन ?

– हामीले उत्पादनको थालनी पनि गरेका छौं । हामीसँग वेकरी, पानी र दुग्ध जन्य पदार्थको उत्पादन गर्दै आएका छौं । तर, हामी धरानको शाखा पछि अन्य उत्पादनका क्षेत्रमा पनि लगानी गर्ने योजनामा छौं ।