एमालेको केन्द्रिय राजनितिमा प्रभाबसाली भुमिकामा रहेका एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश १ सह संयोजक शेरधन राईले मुख्यमन्त्रीको कार्यभार सम्हालेका दुई साता बितेको छ । केन्द्रीय राजनीतिको विगतको अनुभव र प्रदेश सरकारको नयाँ जिम्मेवारीका बिच विविध चुनौती, जनअपेक्षा र आशा सहित उनको राजनीतिक यात्राले अर्को फड्को मारेको छ । प्रदेश १ लाई देशकै एक नम्बर बनाउने संकल्प गरेका १ नम्बर प्रदेसका मुख्यमन्त्रि माननिय शेरधन राई सँग ब्लाष्टकर्मी योगेशबाबु काफ्ले र अनिल श्रेष्ठले प्रदेस सरकारले सम्पादन गर्ने कार्यहरुको सेरोफेरोमा रहेर कुराकानी गरेका छन् ।

मुख्यमन्त्री भएको दुई सता बढी भइसक्दा पनि मन्त्री मण्डल विस्तार हुन सेकेको छैन् । पार्टीको भित्रको समस्याले हो कि गठबन्धनले हो ? समस्या केही छैन् । सकेसम्म सानो आकारको मन्त्री परिषद गठन गर्ने वामगठबन्धन बिचसँग समझदारी भएको छ । त्यसो हुँदा अहिले पाँच सदस्य बनेको छ । अब केही सदस्य मात्र थप गर्नेछौं । थप गर्न कुनै कठिनाइ छैन । केही समयपछि थपेर मन्त्री परिषद विस्तार गर्नेछौं ।

मुख्यमन्त्रीको रुपमा प्रदेशमा मा नियुक्त हुनुभएको छ । प्रदेश १ लाई नमुना प्रदेश बनाउन अवसर र चुनौतिहरु के – के देख्नु भएको छ ? चुनौती र अवसरहरु दुवै छन् । चुनौती यस मानेमा छ कि संघीयताको अनुभव हामीले पहिलो पटक गरेका छौं । काम हामीले शुन्य बाट थाल्नुपर्ने छ । कानुनहरु थुप्रै बनाउनुपर्ने छ । टेक्ने र हिड्ने बाटो हामीले बनाउनुपर्ने हाम्रो काँधमा छ । हामीसँग पूर्वाधारहरु छैन । मानिसको मनतिष्मा पनि समस्या छ । यो समस्या भनेको संविधानको स्पिट, भावन, मर्ममा टेकेर मान्छेहरु उभिन नसक्ने, हिड्न नसक्ने, जस्ता समस्याहरु छन् । यो राजनैतिक नेतृत्वदेखी, ब्यूरोक्रेसीहरुमा समस्या छ । यी नै हुन् चुनौतीहरु । सबैभन्दा पहिलो मान्छेको मनष्ति बदलिनु पर्दछ । त्यो बदलिनु भनेको संविधानको जगमा उभिनु प¥यो । संविधानको भावना, मर्म र स्पिट अनुसार चल्न सक्नु पर्दछ । त्यसपछि जनताको भावना, चाहना, आकक्षासँग जोडिन सक्नुप¥यो । यस अनुसारको व्यवहार, कार्यशैलीबाट जनतलाई अनुभूत गर्ने गरी सबैले काम गर्न सक्नुप¥यो । अर्को कुरा अवसरहरु थुप्रै छन् । काननु निमार्ण गर्ने, हिड्ने बाटो बनाउने, टेक्ने आधार बनाउने, त्यस पश्चता जनतामा केन्द्रित भएर कसरी सामाजिक सुरक्षाको ग्यारेन्ट्री गर्ने, शुसाशनको अनुभूति गराउने र त्यसपछि जनताले खोजेको विकास, समृद्धिको चाहनलाई कसरी ठोस रुपमा प्रस्तुत गर्ने तिर ध्यान केन्द्रीत हुनेछ । जनतालाई बिजुलीको चाहना छ, पिउने पानी, शिक्षा, स्वास्थ्यको चाहना छ । यी सबै गरी समृद्धि पाउने चाहना एउटा मास्टर प्लान र रोड म्याप बनाएर सरकारकाले काम गर्छ । यी चुनौति र अवसरहरुको सम्भावको बिचबाट एउटा ठोस निर्णय लिएर हामी अगाडी बढनेछौं ।

जनताले तपाई मुख्यमन्त्री भएको सय दिन पुग्दा कस्तो उपलब्धी पाउँनेछन् ? पहिलो कुरा सामाजिक र सुशासनको अनुभूति यो सरकारकाले जनतालाई दिलाउँनेछ । मन्त्री परिषदको पहिलो क्याबिनेट बैठकले गरेको पहिलो निर्णायबाट नै भनेका छौं प्रदेश नम्बर १ को सहित भूमिहरु जहाँ प्रजातन्त्र लोकतन्त्र, गणतन्त्र आउन जीवन बदिलान गर्ने ती महान सहिदहरुको सम्मानको लागि वीर भूमिहरुमा नमूना गाउँ बनाउने भनेर । सरकार अब यी सहिद भूमिमा नमूना गाउँ बनाउन लागि पर्नेछ । त्यसपछि दोस्रो क्याबिनेटको बैठकले जनतालाई सुशानको अनुभूति दिलाउन नागरिकसँग प्रहरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छौं । अब हामी एकै दिन यसको सुरुवात गर्नेछौं । सुरु भएको एक महिना भित्रमा प्रदेश भरीको सम्पूर्ण घरदैलमो स्टीकर टास्ने छौं । प्रत्येक घरहरुमा प्रहरीको टोली पुग्नेछ । प्रहरीको त्यो टोलीले सम्मानको साथ कुराकानी गर्नेछ र घरको दैलोमा स्टीकर टास्नेछ । त्यसमा नजिकै रहेको प्रहरी यूनिट र प्रहरी इन्चार्जको नम्बर रहनेछ । आवश्यक विषयमा जानकारी समेत दिनेछौं । हामी यो एक महिना भित्रमा यो अभियान सञ्चालन गर्नेछौं । सय दिनमा थप के के काम गर्ने भनेर योजना बन्दै छ त्यो केहि दिनमा सार्वजनिक हुन्छ ।

प्रदेस सरकारले जनताले पाउने सरकारी सुबिधालााइ कसरी जनमैत्री बनउछ ? पहिलो कुरा भनेको जनताका गुनासोको सुनुवाई हो । हामी जनताका गुनासो सुन्ने काम गर्छौ,आवश्क्ता र प्राथमिकताका आधारमा गुनासो समाधान गर्दै जान्छौ । अर्को कुरा सुशासन हो। जनताले आफ्नो घर आँगनमै राज्यबाट प्राप्त सेवा सुविधा छरितो ढंगले प्राप्त गर्नु सक्नुर्पयो। एउटा नगरिकता बनाउन दिन बिताउनुपर्ने, सानो सरकारी कामका लागि घन्टौं लाईनमा कुर्नुपर्ने वा भनसुन गर्नुपर्ने स्थिति अब रहनु हुँदैन। सुशासनपछि कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने, उत्पादन र उपजलाई बजारीकरण गर्ने, त्यसको मूल्य किसानले ठिक ढंगले प्राप्त गर्ने खालको रोजगारी सिर्जना हुन्छ । जब सडकको पहुँचले जनतालाई जोडछौं, त्यसका माध्यमबाट जनताले समृद्धिका निम्ति उत्पादन बजारसम्म लैजान सक्छन्। एउटा विदेशी पर्यटक भित्र्याउने हो भने पाँचदेखि सातजनाले रोजगारी पाउने अवस्था बन्छ। जब मानिसलाई सडक, विद्युत, खानेपानी र शिक्षाको उपस्थितिले जोड्छौं तब मानिसले विस्तारै समृद्धि महसुस गर्दै जानेछन्। हामीले १ नम्बर प्रदेसका नाागरिकको प्रतिब्यक्ति आए पाँच हजार डलर भन्दा माथि अर्थात बार्षिक पाँच लाख २० हजार भन्दा बढि बनाउने हाम्रो लक्ष्य छ ।

सहिद भूमिमा नमुना बस्ती बनाउने प्रदेश सरकारको पहिलो क्याबिनेट बैठकको निर्णय ग¥यो । तर, प्रदेश सरकारले गरेको पहिलो निर्णायले तराई–मधेश क्षेत्र समेटिएन भन्ने जन गुनासो छ नि ? यो अलिक बुझाइमा गलत भएको छ । हामीले सहिद भूमिमा नमूना गाउँ बनाउने भनेका छौं । हामीले सबैलाई समेटेका छौं । केही ठाउँको नाम उल्लेख गरिएको हो । जननेता मदन भण्डारीको जन्मभूमि ताप्लेजुङको ढुंगेसाँघु, धनकुटाको छिन्ताङ, इलामको चमैतालगायत त्यस्ता वीर, सहिद र ऐतिहासिक भूमिमा नमुना गाउँ तथा बस्ती बनाउने भनेका हौं । कुनै एउटा सानो बस्ती बसाउने भनेका होइनौं । बस्ती एउटा सानो भाग मात्र हो । जहाँ अहिले बसेकै बस्ती छ, त्यहाँ सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी र सबै प्रकारको सुविधा लगेर सहिद तथा वीरको सम्मानमा नमुना बनाउने भनिएको हो । ठाउँ छुट्याइएको छैन । तराई क्षेत्रमा सहादत प्राप्त सहिदका विषयमा पनि हामीले सोचेका छौं । कुनै किसिमको भेदभाव गरेका छैनौं । छुटेका सहिद भूमिलाई समेट्ने छौं । ती भूमिमा सेवा र्पुयाउन सरकारले कुनै कसर बाँकी राख्ने छैन ।

प्रदेश १ लाई समृद्ध बनाउने योजनाको आधारहरु के–के छन् ? प्रदेश १ हिमाल, पहाड, तराईले जोडिएको प्रदेश छ । यस प्रदेशमा सबै जातजातिको बसोबास छ । यो एउटा सुन्दर प्रदेश छ । हिमालै हिमालले ढाकेको प्रदेश समेत भन्न सकिन्छ । यहाँ विश्वको अग्लो सगरमाथादेखी संसारको ६ अग्ला हिमालहरु मध्ये ५ वटा अग्ला हिमालहरु यसै प्रदेशमा छन् । महत्वपूर्ण राष्ट्रिय निकुन्जहरु समेत यसै प्रदेशमा छन् । जलसम्पदाको हिसाबले हेर्ने हो भने अत्यन्तै धनी प्रदेशमा प्रर्दछ । थुप्रै खोला, नदीहरु छन् । यो हिसाबले हेर्दा जलसम्पदाको हिसाबले यो प्रदेश धनी छ । जटिबुटि, बनजंगल, धार्मिक सांस्कृतिक, ऐतिहासिक केन्द्र समेत छन् । लागीगुरासको राजधानी समेत भन्न सकिन्छ यो प्रदेशलाई । देशकै होचो क्षेत्र समेत यसै प्रदेशमा परेको छ । पर्यटकीय क्षेत्रले हेर्ने हो भने प्रदेश १ पर्यटकको लागि आकार्षणको गनत्वय हो । कृषि उत्पादनको हिसाबले अत्यन्तै उर्वह भूमि छ । हाम्रो प्रदेशले उत्पादन गरेको खाद्यान्यले सिंगो मुलुकलाई खान पुग्दछ । हरेक हिसाबले सम्भावना बोकेको प्रदेश छ । हामीले यसलाई सुत्रबद्ध गरेर अगाडी बढनुछ । कृषिलाई उद्योगको रुपमा विकास गर्ने, पर्यटकलाई जोड दिएर अन्तरािष्ट्रय स्तरको क्षेत्रिय विमान स्थल निमार्ण गर्न ढिला गर्ने छैनौ । पर्यटकलाई भित्राउन सबै क्षेत्रमा सडक पु¥याउन प्रदेश सरकार कुनै विलम्भ गर्ने छैन । आकर्षण गनत्बय स्थलहरुलाई चाँडै सझाउने छौं । यस्ता क्षेत्रमा आन्तरीक र बाहिय पर्यटकहरु लाखौं संख्यामा भित्राउने हाम्रो लक्ष्य छ । पर्यटन क्षेत्रलाई समृद्धिको दोस्रो आधार क्षेत्र बनाउन सक्दछौं । त्यसपछि जलस्रोतलाई लिन चाहन्छौं । सरकार चाडै नै हाइड्रोपावर निमार्णमा लाग्ने छ । पाँच वर्षमा यो प्रदेशलाई चाहिने आवश्यक विद्युत उत्पादन गरी उज्यालो प्रदेश घोषणा गरि लोडसेटिङमुक्त प्रदेश बनाउन चाहन्छौं । तेस्रो समृद्धिको आधार जलविद्युत हो । अर्को उद्योग धन्दामा हामी तिव्र विकास गर्न चाहन्छौं । औद्योगिक विकासमा हाम्रो प्रदेश राम्रो सम्भावना बोकेको प्रदेश पर्दछ । यसलाई समृद्धिको आधार बनाउँछौं । प्राविधिक शिक्षामा जोड दिनेछौं । आवश्यक पर्ने जनशिक्ती उत्पादन गर्ने शिक्षालाई जोड दिन चाहन्छौं । त्यसपछि स्वास्थ्य, आइटीलाई हाम्रो समृद्धिसँग जोडनुपर्दछ ।

प्रदेशको नाम र राजधानीको विषय लिएर बहिले बहस सुरु भएको छ । प्रदेको नाम र राजधानी छनौटको बिषयमा तपाइको दृष्टिकोण के हो ? अहिले बहस सतहमै भएको छ । प्रदेशको राजधानी र नामरणको बारेमा । विभिन्नले ध्यानकषर्ण र डेलिकेसन समेत आइरहेको छ । सकेसम्म प्रदेशको राजधानी तोक्ने र नाम राख्ने विषमा सबै दल, क्षेत्रसँग परामर्श सुरु गर्छौ र औपचारीक रुपमा प्रवेश संसदमा प्रवेश गराउँछौं अनि प्रदेश सभाको दुई तिहाइ बहुमतले यसको टुंगो लगाउछौं । राजधानी तोकेपछि त्यस क्षेत्रमा पूर्वाधार र संरचनाहरु बनाउनुपर्ने हुन्छ । त्यसपछि अन्य संरचनाहरु बिकेन्द्रीकृत गरेर पनि बनाउनुपर्ने हुन्छ । छिटै राजधानीको विषय टुंगो लगाएर संरचना निमार्ण र पूर्वाधर निमार्ण गर्ने तिर जान्छौं ।

शून्य सहनशिलता रहेर भ्रष्टचा र दण्डहिनता अन्त्य गर्ने लागी पर्नेछु भन्नुभयो । तर, दलका संगठनहरु नै अपराधिक क्रियाकलाप देखी संगठित अपराधमा बढेको देखिन्छ । यो अवस्थामा जनताले सुरक्षीत भएको कसरी महसुश पाउछन् ? यो सरकारले कुनै पनि संगठति अपराधलाई पूर्ण रुपमा नियन्त्रण गर्दछौं । राजनैतिक संरक्षणमा हुने अपराध, क्रियाकलाप वा जुनसुकै प्रकारका अपराधहरुलाई नियन्त्रण गर्न कठोर ढङ्बाट सरकार प्रस्तुत हुन्छ । त्यसलाई चाहिने कानुनहरु हामी निमार्ण गर्नेछौं । जसले गर्दा यो प्रदेशमा कुनै पनि अपराधी क्रियाकलपाले छुट पाउदैन । म फेरी भन्छु तीन वटा कुरामा सरकारले कुनै सम्झौता गर्ने छैन् । भ्रष्टचार, दण्डहिनता र संगठित वा कुनै पनि अपधारलाई नियन्त्रण गर्नको लागि शून्यसहनशिलता को कठोर निती अपनाउने छौं ।

मुख्यमन्त्रीले एउटा पार्टि भित्रको,अर्को सरकार भित्रको गरि दुईवटा प्रतिपक्षको सामना गर्नु पर्छ भन्ने प्रसस्त कुरा सुन्न पाइन्छ ?दुईवटा प्रतिपक्ष भएकै हो त?

पार्टि भित्रको प्रतिपक्ष भन्नेमा कुनै तुक छैन । यस्तो हुैदन पनि । संसदीय दलको नेता चुन्दा हामीले एउटा लोकतान्त्रीक विधी अपनाएका छौं । हामीले मान्दै आएको एउटा पक्रिया हो । यसो हुँदा यो एउटा कुनै नौलो कुरा होइन । हाम्रो पार्टी भित्र यस्तो कुनै गुठबन्धी छैन । यसो हुनाले यस्तो सामाना गर्नुपर्छ भन्ने म देखदिन । अब प्रदेश संसाद प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस छ । त्यस पछि अन्य दल छन् । प्रमुख विपक्षी दिलको भूमिका रचनाआत्मक हुनुपर्दछ । सरकारले गर्ने कामको आधारमा प्रतिपक्ष दलहरुले समर्थन, आलोचन वा विरोध गर्नुपर्ने हुन्छ नै । हामी सकारआत्मक आलोचनाको अपेक्षा गर्दछौ । त्यसो हुँदा सरकारको ध्यान, दृष्टि प्रदेश निमार्ण र समृद्धिमा हुन्छ । यसो हुँदा यति धेरै अफ्टयारो हुन्छ जस्तो लाग्दैन । सबैको अस्तित्व स्वीकार गरी समृद्धिको यात्रामा सबै लाग्नेछौं ।

अत्यमा प्रदेशका जनतालाई केही भन्न चाहनुहुन्छ ? सरकारकाले छिटै सय दिनको कार्यक्रमहरु सार्वजानिक गर्दैछ । हामी विकास र समृद्धिको रोडम्यापक तयार पार्न ब्यस्त छौं । अबको विकास र समृद्धिको यात्रामा सरकार मात्र मात्र लागी परेर हुदैन । सम्पूर्ण जनताहरु विकास र समृद्धिमा प्रत्यक्ष रुपमा सहभागिता हुनुपर्दछ । यसमा प्रदेश सरकार, स्थानिय सरकार र सम्पूर्ण जनताहरु सहभागिता प्रत्यक्ष रहनुपर्दछ । यसो हुँदा चाही एउटा उत्साहको रुपमा प्रदेशबासी जनताकाको समेत सहभागि हुन सकोस म त्यो अपेक्षा राख्दछु ।