बलिउड नायक साहरुख खान अहिले चलचित्र ‘जिरो’को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकनमा व्यस्त भएपनि साहरुखको चर्चा विश्वभर विभिन्न कारणले हुने गरेको छ ।

साहरुखका फ्यान भारतमा मात्र होइन, विश्वभर छन् । उनी विश्वमा सर्वाधिक फ्यान कमाउने भारतीय नायक हुन् । यसैले पनि, साहरुखलाई खोज्नेहरुको संख्या विश्वभर नै छ । नायक साहरुख खान विश्वका दोश्रो धनी कलाकार हुन् । साथमा, उनी विकिपिडियामा सर्वाधिक खोजिने कलाकारको दोश्रो स्थानमा समेत परेका छन् ।

उनले हलिउडका चर्चित स्टार टम क्रुजलाई समेत उछिनेका छन् । साहरुख खान दोश्रो स्थानमा रहँदै गर्दा रियालिटी स्टार किम कार्दशियनले भने पहिलो स्थान ओगटेकी छिन् ।

विकिपिडियाले चर्चित मानिसहरुको बायोग्राफी प्रस्तुत गर्दै आएको छ । साहरुखको बिषयमा विश्वमा सर्वाधिक धेरै चासो राखिने गरेको पनि यसबाट वुझ्न सकिन्छ ।