भारतीय अभिनेत्री तथा पूर्व पोर्नस्टार सन्नी लियोनीले आफ्ना फ्यानहरुलाई ठूलो सरप्राइज दिएकी छिन् । उनी तीन बच्चाकी आमा बनेकी छिन् । सन्नी र उनका पति डेनियलले यो कुराको जानकारी आफ्नो इन्स्टाग्राम अकाउन्टबाट गराएका हुन् । इन्स्टाग्राममा सन्नीले राखेको तस्वीरमा उनीहरुका साथ तीन बच्चा देखिन्छन्, जसमध्ये एक छोरी र दुई छोरा हुन् ।

अश्वेत वर्णकी छोरी अली ठूली छन् । उनलाई अघिल्लो वर्ष मात्रै सन्नी दम्पत्तीले धर्मपुत्री बनाएका थिए । उनको नाम निशा सिंह कौर राखिएको छ । साथै, अब उनीहरुसँग अब दुई छोराहरु अशर सिंह बेबर र नोआ सिंह बेबर पनि थपिएका हुन् ।

तस्वीर सेयर गर्दै सन्नीले क्याप्सनमा लेखेकी छिन्, ‘भगवानको इच्छा, २१ जून २०१७ मा म र डेनियलले चाह्यौं कि हाम्रा तीन सन्तान् होउन् । धेरै वर्षपछि अब हाम्रो परिवार अशर सिंह बेबर र नोहा सिंह वेबर आएपछि पुरा भएको छ ।

हाम्रा छोराहरुको जन्म केही हप्ता अगाडि मात्रै भएको हो । तर उनीहरु हाम्रो मन र आँखामा कैयौं वर्षदेखि जिवित थिए । भगवानले हाम्रो लागि यति विशेष योजना बनाए र हामीलाई एउटा ठूलो परिवार दिए । हामी अब तीन सन्तानका गौरवान्वित आमाबाबु हौं । सबैका लागि हाम्रो सरप्राइज ।’ सन्नीले सरोगेसीमार्फत यी बच्चाहरु जन्माएको अनुमान गरिएको छ ।