निर्माता छविराज ओझा र अभिनेत्री रेखा थापा सम्भवतः घरेलू फिल्ममा सर्वाधिक गसिप लेखिने जोडी हुन् । बिहे, डिभोर्स अनि मित्रता यी पूर्वपति र पत्नीको समिकरण हो । यो कपल अहिले पनि गसिपबाट टाढा छैन ।
तर, पछिल्लो समय भने छवि र रेखाको मन पग्लिएजस्तै देखिन्छ । रेखाको जन्मदिनमा छवि उपस्थित हुनु र छविको जन्मदिनमा रेखाले शुभकामना दिनु जस्ता क्रियाकलापले पनि यी दुईले पुरानो दुश्मनी भुल्दै गएको अनुमान लगाउन सकिन्छ ।
यसैबीच, फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छवि ओझा निर्मित फिल्म ‘मंगलम’ लाई अभिनेत्री थापाले शुभकामना दिएकी छिन् ।
सोमवार फेसबुकमा फिल्मको ट्रेलर शेयर गर्दै उनले लेखेकी छन्, ‘नेपाली फिल्म क्षेत्रका बाले बनाएको फिल्म ‘मंगलम’ यही शुक्रबार (फागुन २५ गते) देखि प्रदर्शनमा आउँदैछ । छवि बा र ‘मंगलम’ को सम्पूर्ण टिमलाई सफलताको शुभकामना ।’