‘नेपाल आईडल-२’ हुने, कुन-कुन ठाउँमा हुँदैछ अडिसन ?

  • फाल्गुन २२, २०७४
  • ब्लाष्ट खबर

अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ । केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ ।

देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ । पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वरहरु छानिने छन् ।

नेपाल आईडलको पहिलो सिजनले सुरुवात देखि, सुखद समापनसमेत गर्न पाएको थिएन । अब दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो भन्ने कुरा भने सबैमा खुल्दुली छ । आउदो चैतबाट अडिसन हुने दोश्रो सिजनमा तपाईको सहभागिता निकै उत्साहजनक हुनेछ ।

नेपालआईडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ । पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो । बिजेताले के पाउने भन्ने बिषयमा हाललाई खुलाईएको छैन ।