यस वर्षको मोवाइल वर्ल्ड कंग्रेसका विशेष आकर्षणमध्ये घरपालुवा कुकुरले लगाउने ‘स्मार्ट डग भेस्ट’ पनि रह्यो । फिलिपिन्‍सका स्टार्ट अप व्यवसायी टोनी कौटुले निर्माण गरेको यो स्मार्ट भेस्ट कुकुरलाई लगाइदिएपछि मालिकलाई धेरै हदसम्म हाइसञ्चो हुनेछ । भेस्टमा राखिएको सेन्सरले कुकुरको मुटुको गति, तापक्रम, कुकुर कराउने तथा भुकेको आवाज र शरीरको तापक्रम नाप्नेमात्र होइन कुकुर कहाँ पुगेको छ भन्ने जानकारीसमेत दिन्छ । भेस्टमा एउटा सिमकार्डजस्तै चिप्स राखिएको हुन्छ, त्‍यही सिमले कुकुरबारे जानकारी मालिकको स्मार्ट फोनसम्म पुर्‍याउँछ । यो भेस्टले कुकुरलाई धेरै तातो भएमा कारबाट बाहिर निकाल्न सुझाव दिने र धेरैबेर उभिएर कुकुरको भुँडा दुखेकोसमेत जानकारी मालिकलाई दिन्छ । यो भेस्टको मूल्य १५० देखि १९० युरोसम्म तोकिएको छ । यो भेस्टको पहिलो उत्पादन सन् २०१८ को अन्त्यसम्म उपभोक्ताको हातमा पुगिसक्ने उत्पादकले कौटुले जनाएका छन् । ‘यो व्यवसायप्रति म आशावादी छु, किनभने संसारका १७ करोड घरमा कुकुर पालिएको छ’ उनले भनेका छन् ‘कुकुर हाम्रो परिवारको सदस्य हो, यो भेस्टले हाम्रो कुकुरलाई सजिलोसँग बुझ्न सहयोग गर्नेछ ।’