झुटो माया रैछ तिम्रो, छुट्यो अनायसै जोडिएका मन आज टुट्यो अनयासै । मलाई झुक्याई, पराइको सिउँदो भर्दा जवानीको हाँसो लुट्यो अनायसै । मायाको बगैँचामा, फूल रोप्न निस्क्या थिएँ दर्कने असिना पानीले, कुट्यो अनयासै । रमाउँदै पराईसित, तिमी अघि लागेपछि त्यो दृश्यको बज्र लागि, फुट्यो मुटु अनयासै । विछोडको गहिरो शोकमा, निन्द्रामा डुबेँछु आत्तिएर एकै छिनमा, जुट्यो मलामी अनयासै अञ्जानमा, अचम्मको माया लाइने रैछ खुसी हुँदा मीठा मीठा, गीत गाइने रैछ । कहिल्यै धोका दिन्न भन्नेसँग एकान्तमा भेटी, कसम खाइने रैछ । आफन्ताले देख्लान भनी डर मान्दै लुकी लुकी, ढाँटी छली सधैँ धाइने रैछ । प्रिय भनी मायाको, अकुत विश्वास गर्दा, नराम्ररी धोका पाइने रैछ । पहिलो प्रेममा बादल लागेपछि फेरि असल प्रेमी चाहिने रैछ ।