चक्रघट्टी बराहक्षेत्र नगरपालिकामा सञ्चालित तेसो्र अन्तर्राष्ट्रिय गोल्ड कपमा बराह ट्रेनिङ्ग सेन्टर बराह र राष्ट्रिय जागृति क्लव इटहरी विच भएको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लव इटहरी विजयी भएको छ । न्यू स्टार क्लव भरौलको आयोजनामा सञ्चालित अन्तराष्ट्रिय गोल्डकप वराहक्षेत्र – ५ भरौलको खेल मैदानमा शनिबार देखि शुरु भएको छ । न्यू स्टार क्लवका अध्यक्ष भेषराज कार्कीको सभाध्यक्षमा सम्पन्न खेलमा प्रमुख अतिथि भिम आचार्य रहेका थिए । विशिष्ट अतिथि वराह नगरपालिकाका मेयर निलम खनाल, उप–मेयर कमला मगर रहेका थिए । ७० मिनेटको प्रतिस्पर्धात्मक खेलमा दुवैतर्फबाट गोल हुन नसके पछि खेल ट्राइव्रेकरमा टुंगिएको थियो । ट्राइव्रेकरको क्रममा वराह ट्रेनिङ्ग सेन्टरले ४ गोल र राष्ट्रिय जागृति क्लव इटहरीले ५ गोल गरि राष्ट्रिय जागृति क्लव इटहरी विजयी भएको छ । यस खेलको म्यान अफ दी म्याच वराह ट्रेनिङ्ग सेन्टरका जर्सी नं. ३ का खेलाडी रवीन खड्का लाई ५,००० हजार प्रदान गरिएको छ । आइतबार (आज) हुने खेलमा न्यू स्टार क्लव आयोजक र रेडहर्ष क्लव इलाम विच खेल हुनेछ । उक्त खेलको प्रथम पुरस्कार २ लाख, दोस्रो पुरस्कार १ लाख, सर्वोत्कृष्ट खेलाडी १५ हजार, सर्वाधिक गोल कर्ता १० हजार, म्यान अफ दी म्याच प्रत्येक खेलको ५ हजार, राइजिङ्ग प्लेयर ५ हजार गरी विभिन्न विद्यामा खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजक कमिटिले जानकारी दिइएको छ ।