वि.सं. २०७४ साल फागुन २८ गते। सोमबार। इश्वी सन् २०१८ मार्च १२ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– दशमी, ११:३० बजेउप्रान्त एकादशी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ  (Aries) अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। साँझतिर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रयत्न गर्दा व्यापारमा राम्रै उपलब्धि हात पार्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो   (Taurus) कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। तत्काल लाभ नभए पनि केही सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा साँझतिर नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। शुभचिन्तकहरूको साथ जुट्नाले पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह  (Gemini) हडबडले काम बिग्रनेछ भने धैर्य एवं मिहिनेतले मात्र फाइदा दिलाउनेछ। सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। अतिथिका रूपमा सम्मान पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। साँझतिर भने आकस्मिक समस्याले सताउन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो  (Cancer) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ।साँझतिर आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। प्रियभेट हुनुका साथै उपहार प्राप्त हुने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय बित्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा समयको सदुपयोग गर्न नसकिएला। साँझदेखि प्रतिस्पर्धीले काममा बाधा पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्, समयमै होसियार रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। योजना गोप्य राखेर अघि बढ्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते  (Libra) गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। साँझतिर घरायसी समस्या देखापर्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। अर्थ अभावले काम रोकिने सम्भावना छ। आत्मसम्मानमा चोट पुग्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले लाभ उठाउन सफल भइनेछ। सहयोगीहरूको साथ जुट्नाले नयाँ काम थालनी गर्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे  (Sagittarius) आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। साँझतिर वादविवादमा परिने योग भएकाले सजग रहनुपर्ला। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि  (Capricorn) परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै अवसर प्राप्त हुनेछन्। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। लाभांश बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर अत्यधिक खर्च बढ्नाले आर्जित रकम सञ्चय गर्न नसकिएला। समयमा होस नपुर्याउँदा अर्थ अभावले सताउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि  (Pisces) आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ। साँझतिर मनग्गे धन र भौतिक साधनहरू जुटाउन सकिनेछ। (नेपाली पात्रो)