धरान / मोवाईल चोरेको आवेग थाम्न नसक्दा धरान – ११ का ५२ वर्षिय ज्योती गुरुङको कुटाईबाट एक स्थानीय युवाको मृत्यु भएको छ ।

३१ वर्षिय नविन तामाङको आइतबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हाे । तामाङलाई गुरुङले फागुन १८ गते खम्बामा वाँधेर सिस्नो पानी हाली निर्घात कुटपीट गरेका थिए ।

धरान – ११ को सयपत्री चौकमा तामाङले छोरामाथि कुटपीट गरेको बताए । मोवाइल चोरी गरेको भन्दै घरै अगाडिको खाँबा वाँधेर मरणासन्न हुने गरी र कुटपीट भएको वताइएको छ ।

मरणासन्न हुने गरी कुटाई खाएका तामाङ भोली पल्ट फागुन १९ गतेदेखि सिकिस्त विरामी परेका थिए । विरामी भएपछि उनलाई उपचार गराइएको थियो । “छोरा थला परेपछि परिवारले थाहा पायौ,अवस्था त्यतिखेर नै गंभीर थियो त्यसैले उपचारकै क्रममा आइतबार दिउँसो छोरोका मृत्यु भएको परिवारले वताएका छन् ।

उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईए पनि अन्ततः कुटपीटकै कारण मृत्यु भएको छ । मृत्यु हुने तामाङले गुरुङको मोवाइल चोरी गरेर साथीलाई विक्री गरेका थिए ।

तामाङको वुवाले छोराका मृत्यु भएपछि आइतबार अपरान्ह ३ वजे इलाका प्रहरी कार्यालय धरानमा गुरुङ विरुद्ध उजुरी दिएका थिए । प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलले गुरुङलाई पक्राउ गरिएको जनाएका छन् ।