काठमाडौं/शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छबिराज ओझा निर्मित चलचित्र ‘मंगलम्’ हेर्न छविकी पूर्वपत्नी तथा अभिनेत्री रेखा थापा समेत पुगेकी छिन् । विग मुभिज् कमल पोखरीमा आइतबार मध्यान्न आयोजित प्रेस शोमा उनी चलचित्र हेर्न पुगेकी हुन् ।

प्रचारमा सहयोग पुगोस् भन्ने हेतुले उनी विग मुभिज् पुगेकी हुन् । शोमा रेखाले पुरै चलचित्र हेरेकी छन् । मध्यान्तरमा चलचित्रकी अभिनेत्री शिल्पा, अभिनेता पुष्प खड्का, छविराजका छोरा साकारसँग तस्बिर समेत खिचाएकी छिन् ।  कार्यक्रममा छविसँग तस्बिर खिचाउन भने उनले आनाकानी गरेकी थिइन् । तर पत्रकारको आग्रहको अगाडि उनको जोड चलेन । धेरैपछि मिडियाको क्यामेरामा दुबै कैद भए । चलचित्र हेरपछि रेखाले भनिन् ‘नवल नेपालले आफूलाई फेरि एकपटक अब्बल निर्देशकको रुपमा प्रमाणित गर्नुभयो । निर्माता ओझाले पनि चलचित्र निर्माणमा कञ्जुस गरेका छैनन् ।’ रेखाले चलचित्र राम्रो बनेको समेत बताइन् ।

हुन त निर्माता छबि पनि रेखाको अधिकाम्स चत्रचित्र हेर्न पुग्ने गरेका छन् । केही पहिले प्रदर्शनमा आएको रेखाको चलचित्र ‘रुद्रप्रिया’ हेर्न पनि उनी अभिनेत्री शिल्पा पोखरेलका साथ पुगेका थिए । छविराज ओझा निर्मित २३ औँ चलचित्र हो ‘मंगलम्’ । पारिवारिक प्रेमकथामा आधारित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाइ, नीर शाह, मिथिला शर्मा लगायतका कलाकारहरुको पनि अभिनय छ ।