काठमाडौं/ राप्रपा प्रजातान्त्रिकले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमारी लक्ष्मी राईलाई मतदान गर्ने भएको छ ।

पार्टीको कार्यसम्पादन समितिको बैठकले मंगलबार हुने राष्ट्रपति निर्वाचनमा राईलाई समर्थन गर्ने निर्णय गरेको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए ।

मंगलबार बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राई उम्मेदवार छन् । राष्ट्रपतिका दुवै उम्मेदवार भोजपुर निवासी हुन् ।