म्यूजिक भिडियो डाइरेक्टर विशाल भण्डारीले पहिलो पटक निर्देशकको जिम्मेवारी सम्हालेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को लिरिकल अडियो गीत सार्वजनिक भएको छ ।

फिल्मको शीर्ष गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतमा केही स्थिर दृश्यहरु पनि समावेश छन् । एनिमेड लिरिकल भिडियोलाई विजय बस्यालले तयार पारेका हुन् ।

केकी अधिकारी, विनोद न्यौपाने, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा केकी निर्मात्रीको रुपमा छिन् । भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

‘अब मनसँग मन’ र ‘सि-ओे-डब्लु काउ’ गीतका कारण चर्चामा रहेको उक्त फिल्मको प्रदर्शन मिति बैशाख १४ गतेलाई कन्फर्म गरिएको छ ।

[embed]https://youtu.be/jmYtO9594QQ[/embed]