अभिनेता दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङ्गको प्रेममा दया भिलेन बनेका छन् । सोमवार औपचारिक प्रेसमिट गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा प्रेम, रोमान्स, एक्सनको कथा देखाउन खोजिएको छ । ट्रेलर कमेडी संवादले भरिएको छ । ए गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् । सार्वजनिकसँगै ट्रेलरले युट्युबमा दर्शकको उल्लेख्य साथ पाउने लक्षण देखाएको छ ।

फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा 'किम्भे' को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ ।

चैत ३० गते युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म 'लिलिबिली' सँग यो फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ ।

[embed]https://youtu.be/00_cI2XesW0[/embed]