आँखा झिम्क्याएको एउटा भिडियो क्लिपका कारण चर्चामा आएकी भारतको केरलाकी नायिका प्रिया प्रकाश वारियरले बलिउडमा डेब्यु गर्ने कन्फर्म भएको छ ।

भारतीय मिडियाका अनुसार, प्रियाले हालैमात्र निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ साइन गरेकी छिन् । फिल्ममा रणवीर सिंह लीड रोलमा छन् ।

आँखा झिम्क्याएको भिडियो भाइरल भएपछि यतिबेला प्रियालाई धेरै फिल्मबाट अफर आइरहेको छ । ‘सिम्बा’ लाई को-प्रोड्यूस गरिरहेका करण जौहर पनि फिल्ममा प्रियालाई अनुबन्धित गर्न चाहन्थे । प्रियाले यसअघि नै रणवीरसँग काम गर्ने इच्छा रहेको बताएकी थिइन् ।

आजतक अनलाइन लेख्छ, ‘फिल्ममा हिरोइनको रोल धेरै छैन । तर प्रिया आँखा झिम्क्याएरै रातारात हिट भइन् । अहिले बलिउडले उनलाई संभावना बोकेको नायिकाको रुपमा हेर्न थालेको छ ।’

प्रिया प्रकाश नयाँ कलाकार हुन् । उनले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ रिलिजको पखाईमा छ । एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरे अनुसार प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्यारएकी छिन् ।