के कुनै मानिस दिसा नगरीकन बढीमा एक हप्तासम्म बस्न सक्ला ? यो सोच्नै पनि गाह्रो हुन्छ । तर यहाँ एकजना मानिस चाहि १३ वर्षसम्म दिसा नगरीकन बाँचे ।

यो घटना अमेरिकाको हो । अहिले ती मानिसको आन्द्रा अमेरिकाको फिलाडेल्फियास्थित मुटर संग्रहालयमा राखिएको छ ।

वास्तवमा ती व्यक्तिलाई गम्भीर खालको कब्जियत थियो । Hirschsprung’s Disease नामक रोगका कारण उनको आन्द्रामा गम्भीर खालको रोकावट आयो । जसका कारण उनले दिसा गर्न सकेनन् । अन्त्यमा २९ वर्षको उमेरमा कब्जियतकै कारण उनको मृत्यु भयो । पछिल्लो १३ वर्षमा उनले दिसा गरेका थिएनन् ।

कसैलाई पनि पत्यार लागेको थिएन की आखिर कुनै व्यक्ति १३ वर्षसम्म दिसा नगरीकन कसरी जिवित रहन सक्दछ ? सायद यो दुनियाकै पहिलो तथा सबैभन्दा अनौठो घटना थियो ।

त्यसबेला उनको ठूलो आन्द्रा २५ फिट लामो र ८ फिटको गोलाइको बनेको थियो । उनको आन्द्राबाट यतिधेरै दिसा निकालियो की दिसाको तौल नै १८ किलो थियो र तिनवटा बाल्टिन भरिए ।

ती मानिसलाई ठूलो पेटकै कारण Human Windbag भनेर चिनिन्थ्यो । जीवनको अन्तिम समयतिर उनले सर्कसमा देखिएर मानिसहरुलाई मनोरञ्जन दिन्थे । एजेन्सी