काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारेका छन् ।

तर, वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाकुरको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका छन् ।

स्रोतका अनुसार प्रचण्डले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडान लिएका छन् । यसअघि ओली–प्रचण्डबीच यसबारेमा सहमति भैसकेको थियो । तर, राजपापनि सरकारमा सहभागी हुने तयारी गरेसँगै ओलीले अध्यक्ष ठाकुरलाई यस्तो अफर गरेका हुन् ।