इटहरी/ शहरी क्षेत्रमा विग्रल्ती खुलेका सुन पसलहरु अहिले सुनसान हुन थालेको छ । धितो कारोबार र सर्वसाधरणहरुको पैसा राख्ने बैकको रुपमा काम गदै आएका अधिकांस सुन पसलहरु अहिले सुनसान जस्तै देखिन थालेका छन । सुन पसलमा अहिले सुन राखेर सर्वसधारणले पैसा पाउँन छाडेका छन भने सुन पसलमा पैसा समेत राख्न छोडेका छन् ।

केहि हप्ता अगाडी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईवी)ले अबैध वितिय कारोबार गदै आएको भन्दै सुन पसलहरुमा छापा हाने पछि अहिले सुन पसलको कारोबार खस्कीएको छ । सर्वसाधरणले समेत सुन पसलमा पैसा राखेर सहज रुपमा पैसा निकाल्न नपाएको सर्वसाधरणको गुनासो छ । मंगलवार इटहरी १९ का दोती चौधरीले भने सुन राखेर पनि जनताले पैसा पाएनन् अहिले समस्या हुन थाल्यो । अहिले सुन पसलमा सुन नराख्दा आप्पत पर्दा समस्या हुन थाल्यो चौधरीले भने ।

श्रीकृष्ण भण्डार ज्वलर्स इटहरीका सञ्चालक विक्रम घिमिरेले सरकारले सुन राखेर पैसा नदिनु भने पछि पसलमा आएका ग्राहकलाई बैंक पठाउँने गरेको वताए । हामीले राख्न पाउँने अधिकार नै छैन रे त्यसैले हामीले राखेको छैन उनले भने । अब हामी चाही सुन राखेर पैसा दिदैनौ उनले भने । आफ्नो ग्राहकहरु सुन राखेर पैसा लिन धेरै आउँने गरेको भए पनि आफुहरु पसलमा सुन राख्न छोडेको वताए ।

तरहरामा रहेको दक्षिणकाली ज्वलर्सका सन्तोष श्रेष्ठले आफुहरु अहिले सुन धितो राखेर पैसा दिनु छोडेको वताए । उनले भने हामीले थोरै प्रतिशत खाएर पैसा धितो राखेर दिन्थ्यौ त्यो पनि अहिले सबै तिर बन्द भएको श्रेष्ठले वताए । हामी धरानमा २१ परशेनमा सुन राख्ने र २४ परशेसन जनता सँग लिने गरेका थियौ । अहिले सबैले बन्द गरे पछि दैनिक सर्वसाधरणले सुन राख्दीन अनुरोध गर्ने गरेका छन उनले भने। सरकारको नियम नभएको कारण हामीले राख्न छोड्यौ श्रेष्ठले भने ।

पूर्वाअञ्चल सुनचादी ब्यावसायी संघ इटहरीका सचिब कुमार श्रेष्ठले धितोमा सुन राख्न छोडेको वताए । चिनेजानेको साथीभाईले सुन राख्न आउँथे अहिले ब्यापारीहरुले राख्न छोडेका छन । सुन ब्यावसायीलाई ब्याज खायो भनेर आरोप लगाए सरकारी कानुनले पनि नराख्न भने पछि हामीले सुन राख्न छोडेका छौ । आफुले बिक्रि गरेको सामान पसलमा राखेर काम चलाउँदै आएको थिए । अहिले त्यसो गर्ने सबैले छोडे उनले भने ।

धरानका केहि ब्यापारी सँग सुन किन्न ब्यापारी जान्छन तर उनीहरुले विल बेगरकै सुन खुद्रा ब्यापारीलाई दिन्छ कसरी सुन आउँछ ब्यापारीहरुलाई थाहा हुदैन एक ब्यापारीले भने । हामीले धरानबाट ल्याउँदा ल्याउँदै पक्राउ पर्यो भने जेल जानु पर्ने हुन सक्छ एक ब्यापारीले नाम नवताउँने सर्तमा भने । अहिले त पसल सुनसान जस्तै हुन्छ पैसा राख्ने आउँदैनन् सिआईवीको त्रासले सुन पसलमा राखेको पैसा समेत धमाधम निकल्न थालेका छन ब्यापारी तनाबमा छन मेरो नाम चै नखुलाउँनु है भन्दै उनले भने ।