तरहरा/ सुनसरीको दुहवीमा नेपाल सरकारको आवास तथा भौतिक निर्माण कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय दुहवीको भवन निर्माण शिल्यान्यास बुधबार भएको छ । ९ कठ्ठा ५ धुर क्षेत्रमा फैलीएको इलाका प्रहरी कार्यालय दुहवीको पुरानो भवन जिर्ण अवस्था रहेकोले २ करोड ६८ लाखको लागतमा नयाँ भवन बन्ने सुनसरीका नीमित्त प्रहरी प्रमुख नारायण प्रसाद चिमरीयाले बताए ।

नयाँ भवनको शिलयान्यास गर्दै १ नम्वर प्रदेश प्रहरी एआईजी पशुपती उपाध्यायले प्रहरीहरुले फोन न उठाउने, आचरण खराव रहेको लगायतका प्रश्नहरु सधै उठिरहने हुँदा प्रहरीहरुले नागरिक समाजसँग सहकार्य गरेर जानुपर्ने र आफ्नो आचरण सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने प्रहरी पनि आफ्नो आचरण सुधार्नु जरुरी रहेको उनको भनाई थियो ।

दुहवी नगरपालिका, गढी गाउँपालिका, र वर्जु गाउँपालिकाका प्रमुखहरु, नागरिक समाजहरु लगायतको उल्लेख्नीय उपस्थीति रहेको थियो । इलाका प्रहरी कार्यालय दुहवीले दुहवी, वर्जु, गढी, र इनरुवा वडा नम्वर ७ को क्षेत्र हेर्दै आएको छ ।