तरहरा /क्षेत्रीय भलिबल सङ्घको आयोजनामा बुधवार देखि इटहरीको रङ्गशालामा प्रथम मेयर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गरे ।

चैत्र ३ गते सम्म चल्ने प्रतियोगितामा अन्तर्गत बुधबारको पहिलो खेलमा प्रदेश नं. ५ बिजयी हुदा दोस्रो खेलमा प्रदेस नं. १ र तेस्रो खेलमा प्रदेश नं. ४ बिजयी भएका छन् । आज भएको पहिलो खेलमा प्रदेस नं. ५ ले प्रदेस नं. ६ लाई २५– २०, २५– २७ र २५ –१५ को सोझो सेछमा हरायो । दोस्रो खेलमा प्रदेस नं. १ ले प्रदेस नं. ३ लाई २५– २०, २५–१५ र २५– २३ को सोझो सेटमा हरायो ।  तेस्तै तेस्रो खेलमा प्रदेस नं. ४ ले प्रदेस नं. २ लाई २५– ११, २५ –११ र २५ –१६ को सोझो सेटमा हराएको हो । भोली बिहिबारको पहीलो खेल प्रदेश नं ४–६ दास्रो खेल प्रदेश नं. २–५ तेस्रो खेल प्रदेश नं. १ –७ र चौथो खेल प्रदेश नं. ४–५ बिच हुने प्रचार प्रसार समिति संयोजक तथा एक नम्बर प्रदेश भलिबल सघंका सदस्य बिक्रम थापाले जानकारी दिए ।

क्षेत्रीय भलिबल सङ्घका अध्यक्ष विश्व धिमालका अनुसार २४ लाख रुपिया खर्च हुने प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगितामा नेपालका सातवटा प्रदेशको सहभागिता रहको छ । प्रतियोगितामा बिजेताले २ लाख तथा उप विजेताले १ लाख तेस्रो हुनेले ५० हजार र चौथो हुने टिमले २० हजार नगद ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन ।