पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या रायको माग बलिउडमा अहिले पनि उस्तै छ । तर, पछिल्लो समय उनले फिल्ममा अभिनय गर्ने काम निकै कम गरेकी छिन् ।

ऐश्वर्यालाई अचेल आफूभन्दा कम उमेरका हिरोसँग अभिनय गरेको देखिन्छ । उनलाई अहिले पनि ग्ल्यामरस भूमिकाकै लागि निर्माता, निर्देशकले अफर गर्ने गरेका छन् । गत वर्ष ऐश्वर्या आफूभन्दा कम उमरेका रणवीर सिंहका साथ ए दिल है मुस्किल फिल्ममा रोमान्टिक भूमिकामा देखिएकी थिइन् ।

पछि, उनले फन्ने खाँ फिल्ममा अर्का कान्छा हिरो राजकुमार रावसँग अभिनय गरेको खबर आएको छ । अब भने ऐश्वर्या आफूभन्दा कान्छा दुई हिरोसँग रोमान्स गर्न तयार भएको भारतीय अनलाइनले उल्लेख गरेका छन् ।

झन्डै डेढ दशकपछि रोहन सिप्पी र ऐश्वर्याले सँगै काम गर्न लागेका हुन् । रोहनले ऐश्वर्यालाई लिएर थ्रिलर फिल्म बनाउँदै छन् ।

सो फिल्ममा ऐश्वर्याका साथमा रणवीर र राजकुमारले अभिनय गर्ने बताइएको छ । मुम्बई र अस्ट्रेलियामा सुटिङ हुने फिल्मको कथा ऐश्वर्याकै वरपर घुम्ने बताइएको छ ।

नयाँ पत्रिकाबाट