काठमाडौँ / न्यायपरिषद्ले पदमुक्त घोषणा गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा दिएका छन् । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले राजीनामा बुझाएका हुन् ।

[caption id="attachment_68501" align="aligncenter" width="864"] फायलफाटाे[/caption]

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले पराजुलीले राजीनामा दिएको पुष्टि गरे । उनले आजका मितिदेखि लागू हुने गरी पराजुलीले राजीनामा दिएको जानकारी दिए ।

न्यायपरिषद्ले भने बुधबार नै प्रधानन्यायाधीशलाई पदमा नरहेको लिखित जानकारी गराउँदै राष्ट्रपति कार्यालयलाई बोधार्थ दिइसकेको थियो ।

परिषद्ले अवकास पाइसकेको भन्दै पत्र थमाएपछि पराजुलीले आफू पदमै रहेको र सर्वोच्च गएर पेशी तोक्ने बताएका थिए । त्यसक्रममा उनी हिजो साँझ प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पनि पुगेका थिए ।

नयाँ पत्रिका