दाङ/ नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेसको समस्याबाट वर्तमान प्रधानमन्त्री केपी ओली भाग्न खोजेको आरोप लगाएका छन् ।

तुलसीपुरमा बिहीबार भएको नेकपा (माले)को राष्ट्रिय परिषद् अधिवेशनलाई सम्बोधन गर्दै उनले मधेसी दलहरुले उठाएको मागलाई प्राविधिक तवरले समाधान गर्न केपी शर्मा ओलीको सरकार लागेको बताए ।

उनले एक मधेस एक प्रदेश र हिन्दी भाषा राष्ट्रिय भाषा हुनै नसक्ने तर्क गरे । मैनालीले संविधान र कानुनी प्रक्रियाबाट मधेसको समस्या समाधान हुनुपर्ने विचार व्यक्त गरे । आजदेखि शुरु भएको अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ ।

रासस