काठमाडौं/मेलिसायमा गैरकानूनी अवस्थामा कार्यरत रहेको अभियोगमा ३ महिना जेल सजाय काटेर नेपाल फर्किने तयारीमा रहेका एक युवकको मृत्यु भएको छ ।

काभ्रेको माझीफेदा स्थायी ठेगाना भएका अंगेश तामाङको घर फर्कने तयारी गरिरहेको अवस्थामा मृत्यु भएको हो ।

मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्रमा रहकै अवस्थामा अचानक बिरामी भएपछि अंगेशको उपचारकै क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

३ महिना जेल बसेका अंगेश यही मार्च २२ मा स्वदेश फर्किने मिति तय थियो ।