काठमाडौं/ नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ पछि पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको छ । यो सिंगो नेपालीको गौरवको विषय भए पनि समर्थक हातहरु धेरै छन् । खुशी हुने अनुहार धेरै छन् ।

सामाजिक संजालमा खुशीको रंग पोतिएको छ । कि शब्दले कि फोटोले । विश्वका चर्चित खेलाडीहरुले पनि नेपालको यो सफलतामा खुशी व्यक्त गरेका छन् ।

पाकिस्तानी पूर्व कप्तान इन्जमाम उल हकले भनेका छन्, ‘एक दिवसीय मान्यताका लागि बधाई नेपाल, कस्तो महान् यात्रा ।’

अष्ट्रेलियन पूर्व कप्तान माइकल क्लार्कले सन्दीप लामिछानेलाई बधाइ दिँदै भनेका छन्, ‘बधाइ तिमीलाई र सबै नेपालीलाई पनि ।’

यो त उदाहरणमात्र हो । नेपाली क्रिकेटको प्रशंसा गर्नेहरु धेरै छन् । यो बधाइसंगै थपिएको छ चुनौती पनि । नेपाली क्रिकेट अब अगाडि बढ्नु छ ।

नेपाली क्रिकेटले छलाङ मार्दा अरु पनि हुन्छन् खुशी । खेलाडीले नेपालीका लागि मात्र खेल्दैनन् । अनि सरकारको लगानी ? सरकारले पनि उचित लगानी गरी नेपाली क्रिकेटलाई माथि पुर्याउन विशेष भूमिका खेल्नुपर्नेछ ।