अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्येष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरकी पत्नीले सम्बन्धविच्छेदको माग राख्दै निवेदन दर्ता गराएकी छन्। पूर्व अभिनेत्री तथा मोडल भानेसा ट्रम्पले न्युयोर्कस्थित म्यानहटन सुप्रिम कोर्टमा सो निवेदन दर्ता गराएका हुन्। ‘१२ वर्षको वैवाहिक सम्बन्धपछि हामीले अलग बाटो हिँड्ने निर्णय गरेका छौँ,’ बिहीबार उनीहरुले संयुक्त वक्तव्यमा भनेका छन्। सन् २००५ मा विवाह गरेका उनीहरुको पाँच सन्तान छन्। गतमहिना सेतो पाउडर भरिएको चिठी प्राप्त भएपछि भानेसा अस्पताल भर्ना भएकी थिइन्। पछि सो पाउडर हानिरहित पुष्टि भएको थियो। एजेन्सी