बुटवल/ प्रदेश नम्बर ५ का प्रमुख न्यायाधिवक्ता ठाकुर डिसीले पद तथा गोपनियताको शपथ लिएका छन् । नियुक्त भएको झण्डै दुई सातापछि शुक्रबार तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले डिसीलाई शपथ गराएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा भएको विशेष समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ती, मन्त्री कुलप्रसाद केसीको उपस्थिति थियो ।

दाङका कानुन व्यवसायी डिसीलाई मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले नियुक्त गरेका थिए । यसअघि मुख्य न्यायाधिवक्ताको शपथ कसले गराउने विषयमा केही अन्योल समेत भएको थियो ।

माघ २० गते मन्त्रीपरिषद्को बैठकले मुख्य न्यायाधिवक्ताको शपथको ढाँचा पारित गरेको थियो ।