विराटनगर / विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले विराटनगरमा रहेको मोर्डन एरा स्कूलले आयोजना गरेको ‘मोर्डन एरा ग्राण्ड फिना’ ले प्रतियोगिता सम्पन्न भएको छ ।

स्कूल परिसरमा शुक्रबार ‘मोर्डन एरा ग्राण्ड फिनाले’ प्रतियोगिता सम्पन्न भएको हो ।

मोर्डन एरा ग्राण्ड फिनालेमा मोर्डन एरा सिंगीन स्टार, मोडन एरा डान्सिङ स्टार र मिस्टर एण्ड मिस मोर्डन एरा प्रतियोगिता भएको थियो । मोर्डन एरा सिंगीन स्टारको उपाधि बिकास चौधरी जितेका छन् । प्रतियोगिताको फस्ट रनरअप अस्मिता बि.क घोषित भइन् ।

त्यस्तै मोर्डन एरा डान्सिङ्ग स्टारको सिनियर छात्रतर्फको उपाधि अमिक बस्नेत र छात्रातर्फ पेरिना अधिकारीले जितेकी छिन् । सोही स्पर्धाको किडे्स छात्रतर्फको प्रथम ट्रिङकल पोखरेल र छात्रातर्फ एन्जिला कार्की घोषित भइन् ।

त्यस्तै मिस्टर एण्ड मिस मोर्डन एराको सिनियरतर्फको बिजेता आयूष अधिकारी र मुस्कान यादव भए । सोही स्पर्धाको जुनियरतर्फको बिजेता रोहन श्रेष्ठ र दिक्षा खतिवडा घोषित भइन् । किड्सतर्फ भएको मिस्टर एण्ड मिसको बिजेता कृजन राजवंशी र एलेक्स विष्ट घोषित भए ।

सोही अवसरमा कक्षा १० का विद्यार्थीहरुलाई समेत विदाई गरेका छन् । आउँदै गरेको एसइइ परीक्षामा सामेल हुने मोर्डन एराका ६० जना विद्यार्थीहरुलाई सोही कार्यक्रममा विदाई गरेको हो । उनीहरुलाई स्कूलले मायाको चिना र अविर माला लगाएर परीक्षाको सफलताको शुभकामना दिएका थिए ।

स्कूलले दुई जना शिक्षक र शिक्षीकालाई नगद सहिद पुरस्कृत गरेको छ । नियमित स्कूलमा आएर विद्यार्थीहरुलाई पठनपाठन गरेको भन्दै उत्कृष्ट शिकक्षकलाई पुरस्कृत गरेको हो । यसरी पुरस्कृत हुनेहरुमा कृति श्रेष्ठ र विरेन्द्र मण्डल रहेका छन् । उनीहरुलाई स्कूलले जनही नगद ५ हजारले पुरस्कृत गरियो ।

विजयी हुने विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल राम घिमिरे, अध्यक्ष रामकुमार श्रेष्ठ, स्कूलका संस्थापक निर्देशक इन्द्र राई, अभिभावक केशर बहादुर केसी, मनोहर घरेलुलगयाले पुरस्कार वितरण गरेका थिए ।