बराहक्षेत्र/सुनसरी, बराहक्षेत्र नगरपालिका को कार्यालय परिसर मै लेखापढी व्यबसाय संचालन हुने गरेको छ ।

कहिले नगरपालिकाको प्राङ्गणमा रहेको प्रतीक्षालय भित्र बसेर त कहिले चौरि मै बसेर फाल्गुणी पौडेल , सिताराम पोखरेल , नवराज पोखरेल , मोहन पौडेल , लगायतका ब्यक्तिहरुले लेखापढी ब्यबसाय गरिरहेको बुढासुब्बा लेखापढी सेन्टरका मिलन राइले बताए । राई भन्छन् उनिहरुले भित्र व्यबसाय संचालन गर्दा हामी घर भाडा तिरेर व्यबसाय संचालन गर्ने अत्यन्तै मारमा परेका छौ , नगरपालिकाले उनिहरुलाइ यसरिनै छोडिदिने हो भने अब हामी पनि भित्रै गएर बस्ने बेला भएको छ ।

नगरप्रमुख निलम खनाल भने उनीहरुलाई नगरपालिका को परिसरबाट बाहिर निस्केर व्यबस्थित ढंगले व्यबसाय गर्न साथै लेखापढी गरे बापत लिने दर रेटको बोर्ड समेत राखेर बस्न अनुराेध गरे तर उनिहरु अटेर गरेर काम गरिरहेको बताए ।