काठमाडौँ/ गायक नारायण धितालको ‘दाउरा उपहार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार चेतन सापकोटाले मागे दाउरा उपहार गायक तथा संगीतकार चेतन बास्कोटा, रचनाकार अर्जुन रत्न भिखारी र नारायण धितालको संयुक्त एक्बम ‘जय माया प्रेम को’ यो गीतको भिडियो सार्वजनिक भएसँगै राम्रो चर्चा बटुलीरहेको छ ।

प्रेमीकाको माया नपाएका प्रेमीले उनकै मायामा मर्ने र मरेको खण्डमा आँफुलाई दाउरा उपहार दिनु भन्दै गरिएको आग्रहले निकै गहिरो भाव ब्यक्त गरेको छ । अर्जुन रत्न भिखारीको शब्द र चेतन सापकोटाको संगीत रहेको सो गीतमा स्वर नारायण धितालले दिएका छन् ।

सार्वजनिक उक्त गीतमा नायिका प्रियंका कार्की, अर्जुन रत्न भिखारी, कमल प्रसाद श्रेष्ठलगायतको अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको गीतलाई उत्तम हुमागाईलले खिचेका हुन ।