मुम्बई/ भारतका चर्चित गायक दलेर मेहन्दीलाई २ वर्षको जेल सजाय भएको छ।

मानव बेचविखनको अभियोगमा दोषी ठहर गर्दै पञ्जाबको स्थानीय पटियाल अदालतले २ वर्ष कैद सजाय सुनाएको हो। दलेरविरुद्ध केही मानिसलाई अवैध रुपमा विदेश पठाएको भन्दै सन् २००३ मा मुद्दा दर्ता भएको थियो।

अदालतको फैसलापछि प्रहरीले दलेरलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको छ। २००३ मा दलेरका दाई शम्शेर मेहन्दीविरुद्ध मुद्दा दर्ता भएको थियो। सोधपुछका क्रममा दलेरको संलग्नता देखिएपछि उनी फन्दामा परेका हुन्।

दलेरमाथि विभिन्न कार्यक्रमका लागि विदेश जाने क्रममा अन्य मानिसलाई अवैध रुपमा मोटो रकम लिएर विदेश लैजाने गरेको आरोप छ।