(आर्किटेक्ट)

रहरहरु फक्रिएर फूल बन्नै लाग्दा प्वाँख हाली सपनाले धर्ति छोड्नै लाग्दा कसको नजर लागेछ खै,लुटिएछन् छिनमै खुशीहरु सारा झोंसीए मेरो देह संगै, सम्पूर्ण सपनाहरु पनि बिचरा

म तड्पिरहे, छटपटीरहें मृत्युको सन्त्रास मनभरी बोकेर कतै बाँचीपोहाल्छुकी भनि चिच्याईरहें पलपल भगवान् पुकारेर अफसोच, ढलेछु ठाउँको ठाउँ अचेत् भई म खण्डहर बनेर चिरनिद्रामा परेछु अघिसम्मको बाँच्न नपाउंला कि भन्ने पिरलो भुलेर

आमा म प्लेन चढीसकें है भनी फोन गरेथें सकिन फेरी उसैगरी गरि जल्दैछु म यहाँ भन्न म उत्रिदा यी आँखा अगाडी जसरीनी हुनुपर्छ है तिमी बाबा भनेथे ईछ्या अधुरै रहयो पाइन भेटेर हजुरलाई खुशीले अंगाल्न

त्यसैले उडीसक्यो मेरो प्राणपखेरुसंगै, हजुरहरुलाई भेट्ने त्यो उल्लास् पनि कसरी हेर्न सक्छु म मैलाई नचिनेर भौतारिरहेका तिमी जननी चिच्याएर कराउंदै सक्दिन अब “यी यहाँ छु नी म आमा” भन्न भक्कानिंदै डाँको छोडी रुँदा तिमी सक्दिन भन्न “नरुनु न” अब

म त गुम्नै लागेका जीवन पनि फर्काउन सक्ने बनेर आएको मान्छे निभ्नै लागेका दियोहरु जलाएर रोशनी छर्न सक्ने भएको मान्छे खै कसरी सक्नु होलार हजुरहरु आफै जलेको मुढो झैँ बनि पल्टिरहेको यो शरीर हेर्न

उहीं सग्लो शरीरमा खोज्नुहोला मलाई, तर सक्दिन अब म चाहेरनी सास फेर्न त्यसैले नाईं नआउनु है अब भेट्न मलाई, निस्किसकें म अनन्त यात्रामा अधुरा सपनाहरु ती पुरा गरुँला फेरि पनि बास दिनु है मलाई यहिँ गर्भमा फेरि पनि बास दिनु है मलाई यहिँ गर्भमा