चक्रघट्टि सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको उध्योग वाणिज्य संघ शाखा कार्यालय चक्रघट्टिले १४ औ साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष सुरेन्द्र गुप्ताको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुनसरी उध्योग वाणिज्य संघ धरानका अध्यक्ष राजेन्द्र शाह रहेका थिए । उक्त कार्यक्रम  कमलनाथ दाहालले संचालन गरेका थिए भने स्वागत मन्तव्य रमेश कार्कीले गरेका थिए । संस्थाका कोषाध्यक्ष तुलसी श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने प्रगति प्रतिबेदन तथा भावि योजना महासचिव जगत बहादुर कार्कीले प्रस्तुत गरेका थिए । गत बर्ष राखेका योजनाहरु मध्ये शिक्षा क्षेत्रमा सहयोग पु¥याउने लक्ष्य अनुसार बराहक्षेत्र ३ का जनक शाहकी छोरी मन्जु शाहलाई उच्च शिक्षाका लागि ४ बर्षे अध्ययनमा निशुल्क पढ्ने व्यवस्था उध्योग बाणिज्य संघले गरेको छ । यस संस्थाको आफ्नै ६ कोठे २ तले भवन,१८ धुर जग्गा र भरौलमा ५ धुर जग्गा रहेको छ । यस संस्थामा ८ सय ६३ जना व्यापारीहरु आवद्ध रहेका छन् र हालसम्म ६ जनालाई ब्यापारी हित कल्याण कोष मार्फत राहत प्रदान गरीएको , २४ सै घ०टा एम्बुलेन्स सेवा उपलब्ध गराइने लगायतको सेवा प्रदान गरीने कार्यालय सचिव निश्चल बस्नेतले बताएका छन् । बिभिन्न बिधामा बिभिन्न व्यक्तिहरुलाई यस साधारण सभाले सम्मान गरेको छ । स्थापना कालदेखि २०७४ कातिक सम्म कार्यरत पुर्व कर्मचारी भुवन पोखरेल, कर दिबसका अवसरमा रक्तदान गर्ने १३ जना रक्तदातालाई प्रशंशा पत्रद्धारा सम्मान, प्रकाशपुरका मनमाया लिम्बु, भरौलका रबिन्द्र शाह, महेन्द्रनगरका अमृत श्रेष्ठलाई असल त्रणी सम्मान, भरौलका वयोवृद्ध व्यवसायि विलट शाहलाई सम्मान गरेको छ । यस संस्थाको भावि योजना यस क्षेत्रमा रहेका व्यवसायिहरुको हक अधिकार सुनिश्चित गर्न गराउन हरपल प्रयत्नरत रहने कार्यमा माथिल्लो तहसम्म पहुच र सम्बन्ध बिस्तार होस भन्ने अभिपा्रयले यसै बर्ष देखि यस शाखालाई बराहक्षेत्र उध्योग बाणिज्य संघका रुपमा स्थापित गराउन महासंघमा आवद्ध हुने लक्ष्य रहेको छ , संस्थाको आफ्नै कार्यालय भवन भएकाले एउटा ठुलो हल निर्माणलाई पुरा गर्ने , कम्पाउण्ड घेर्ने र कार्यालयलाई व्यवस्थित गरीने, रक्तदान कार्यक्रमलाई निरन्तरता दिने स्वास्थ्य शिविर कार्यक्रम संचालन गर्ने लगायतको रहेको छ । प्रमुख अतिथि सुनसरी उध्योग वाणिज्य संघ धरानका अध्यक्ष राजेन्द्र शाहले यस शाखालाई बराहक्षेत्र उध्योग बाणिज्य संघका रुपमा स्थापित गराउन महासंघमा आवद्ध हुनका लागि आफ्नो तर्फबाट पहल गरिदिने ,कार्यालयमा हल, कम्पाउण्डका निर्माणको लागि ३१ बोरा सिमेन्ट उपलब्ध गराइदिने प्रतिबद्धता प्रदान गरेका थिए ।